विश्वभरका इसाई धर्मावलम्बीले एकै दिन मनाउने गरेको स्टर सण्डे आज धरान भरीका इसाई बिश्वासीहरुले पनि मनाएका छन । इस्टर सण्डेको अवसरमा आज बिहान बाइबलको बिभिन्न वचनहरु लेखिएको प्ले कार्ड हातमा बोकेर धरान १९ को एलोहिम चर्चबाट सुरु भएको ¥याली किरात चौक, पुतली लाइन हुदै भानुचौकमा पुगेर औपचारिक सभामा परिणत भएको थियो । प्ले कार्डमा ‘ येशु बाटो सत्य र जिवन हुनुहुन्छ,, सबैको निम्ती येशु ख्रीष्ट लगायतका बाइबलका पदहरु लेखिएको थियो ।
धरान ख्रीष्ट्रिय समाजको आयोजनामा भएको र्याली पछि भानुचौकमा आयोजना गरिएका कार्यक्रमा धरानका विभिन्न इसाई धर्मगुरुहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा न्यु लाईफ चर्च धरान २ का पास्टर मेहरमान ह्युज गिरीले येशुख्रीष्टले संसारका मानिसहरुलाई शान्ति र आनन्द दिनुहुनेछ भन्दै , संसारको पिडा लागुऔषधबाट विक्षिप्त सबैलाई धरानका चर्चहरुमा सधै स्वागत रहेको बताए ।
कार्यक्रममा धरान पास्टर अगुवा संघका अध्यक्ष रेभरेन्ट सुर्य तामाङ, अनुग्रह चर्चका रेभरेन्ट पर्शु गुरुङ, धरान ख्रीष्ट्रियन चर्चका रेभरेन्ट डाक्टर जिवनदिप सुब्बा, ईम्मानुएल कृपा मण्डलीका एल्डर चन्द शेर्मा लगाएतले इस्टर सण्डेका बारेमा बोलेका थिए ।
संसारका मुक्तिदाता येशुख्रीष्ट संसारभरका पापीहरुको निम्ति उद्धार गर्न क्रुसमा टागिनु भएको थियो, उहाँको मृत्यु भएर तिनदिन पछि बौरी उठनुभएको अर्थात पुनरुत्थान भएको दिनको सम्झनालाई स्टर सण्डे को रुपमा पनाइएको धरान ख्रीष्ट्रियन समाजका अध्यक्ष गोविन राईले जानकारी दिए । येशुख्रीष्टलाई शुक्रबार क्रुसमा टागिएको थियो र आइतबार मृत्युबाट पुनर्जीवित भएर मृत्युमाथि विजयको र नयाँजिवनको सन्देश स्टर सन्देश भएको राईको भनाई छ । समाजले हरेका बर्ष धरानभरीका इसाईहरुको उपस्थितीमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।