सुनसरीको कोशी गाउँपालिका–१ स्थित नेपाल भारत सीमा ईलाका वेलाहाबाट लागु औषध सहित तिनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–५ बस्ने २७ वर्षिय बुुस्तन लिम्बु र धरान –११ बस्ने २५ बर्षिय संगीता तामाङ र रामधुनी नगरपालिका–२ धमौरा बस्ने २४ वर्षिय शिवसंकर चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ । शिवसंकर चौधरीको साथबाट ५ ग्राम २१ मिलिग्राम, बुुस्तन लिम्बु र संगीता तामाङको साथबाट ८ ग्राम ७ सय ६० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ परेका हुन ।
उनीहरुलाई बुधबार विओपी लौकहीबाट खटिएको शसस्त्र प्रहरीको टोलिले नियन्त्रणमा लिएको हो ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यलय सुनसरीमा राखि अनुसन्धान भईरहेको छ ।पछिल्लो समय लागुऔषध नियन्त्रणमा शसस्त्र प्रहरी बल सक्रियतापुर्वक लागि परिरहेकाछन । चैत महिनामा मात्र शसस्त्र प्रहरी बलले सुनसरीबाट २३ दशमलब ९३ ग्राम ब्राउन सुगर लागुऔषध गाजा ६ केजि र स्पास्मो प्रोक्सिभन १२० ट्याब्लेटसहित १३ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।