Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘अन्जिला’ लाई धरानमा भव्य स्वागत सम्मान, दिनैभरी सशस्त्रको स्कटिङ हल भिजिट

अहिले सफलताका साथ प्रदर्शनमा भैरहेको चलचित्र 'अन्जिला' कि मुख्य कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान गोल किपर अन्जिला तुम्बापो सुब्बालाई धरानमा भव्य स्वागत गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र १६ गते २३:३८ बजे प्रकाशित
in FEATURE, चलचित्र, स्थानीय समाचार
0
‘अन्जिला’ लाई धरानमा भव्य स्वागत सम्मान, दिनैभरी सशस्त्रको स्कटिङ हल भिजिट
69
SHARES
Share on FacebookShare on Twitter

अहिले सफलताका साथ प्रदर्शनमा भैरहेको चलचित्र ‘अन्जिला’ कि मुख्य कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान गोल किपर अन्जिला तुम्बापो सुब्बालाई धरानमा भव्य स्वागत गरिएको छ । शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी अन्जिलाले दिनभर काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेर साँझ इटहरीको ईलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग भेटघाटमा व्यासत भएकी थिइन । व्यस्त सेड्युएलबिच पुर्व आएको अन्जिला शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगेकी थिइन ।

धरान प्रबेश गर्न साथ उनलाई धरान प्रबेशद्वार बाट धरान स्थित शशस्त्र प्रहरीले स्कटिङ गरेर फ्रेण्ड्स सिनेमाजमा पुर्याएको थियो । अन्जिला सिनेमा हल परिसर पुग्दै गर्दानै दर्शकहरु कुरेर बसेका थिए । शसस्त्रको स्कटिङ कडा सुरक्षाविच हल कम्पाउन्डमा पुगेकी अन्जिला, कलाकार सिर्जना सुब्बा, निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ,सह-निर्माता बिनोद अग्रवाल, चलचित्र निर्माता ज्योतीराज राई लगायत निर्माण टिमलाई स्थानिय लिम्बु संस्कृतीमा आधारित च्याब्रुङ नाचद्वारा स्वागत गरिएको थियो ।

ADVERTISEMENT

आज भएको दुईओटै शो का दर्शकहरु सँग भेट्घाट गरेकी ‘अन्जिला’ र टिमले एन्फा एकेडेमी धरानमा पुगेर अन्फा एकेडेमीका बिधार्थीहरु सँग भलाकुसारी गर्‍यो भने साझ भने धरानमा जारी गोधुली कप फुटबल प्रतियोगीतामा पुगेको थियो । धरान रङ्गशालामा स्कटिङ र कडा सुरक्षा घेरामा प्रबेश गरेको टिमसहित अन्जिला ले प्याराफिट बसेकी दर्शकहरुलाई अभिवादन गर्दै मन्च सम्म पुग्दा अन्जिला अन्जिला अन्जिला भन्दै दर्शक दिर्घाबाट दर्शकहरु उठेर उनलाई सम्मान दिएका थिए ।

खेल क्षेत्रबाट छुट्टै नाम र पहिचान बनाएकी अन्जिलाले चलचित्र क्षेत्रमा पनि पहिलो डेव्यु चलचित्रबाट नै हिट लिस्टमा नाम लेखाएकिछिन । आफ्नै जीवन कहानीको बायोपिकमा अभिन्य गरेकी अन्जिलाको अभिनयको चर्चा सर्वत्र छ । उनले गरेको जीवन्त अभिनयले अहिले सिनेमा हलमा दर्शकहरुको रुवावासी छ चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ । यो सफलता र दर्शकको माया देखेर नै ग्रीसबाट छोटो समयको लागी नेपाल आएकी अन्जिलाले धरान निकै सफा लाग्ने र धरान कला क्षेत्रको मात्र हैन खेल क्षेत्रको पनि उर्वर भुमी भएको बताइन । आफ्नै बायोपिकमा अभिनय गरेकी अन्जिलाले अबको दिनमा अरु सिनेमा भने नगर्ने बताइन् । आफु सिनेमाले हैन खेल क्षेत्रबाटनै चिनिन र आफ्नो नाम बनाउन चाहेको उनको भनाइ छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली सिनेमा धरानमा हिट भए देशभरीनै हिट हुने सुनाए । उनले आफ्नो प्राय सिनेमाहरुको प्रीमियर धरानमै गरेको सुनादै धरानेहरु निकै सहयोगी रहेको बताए । प्रीमियरमा आउँदा अन्जिला लिएर धरान आउने वाचा गरेकै कारण अन्जिला को व्यस्त समयको वावजुद पनि धरान लिएर आएको सुनाए । ञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा-छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्।

निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । दर्शकहरु सँग भेटघाट सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

 

 

Previous Post

२५ औ गोधुलीकपको क्वाटर फाइनल समिकरण पुरा, पहिलो क्वाटर फाइनलमा वडा नम्बर १३ र १५ खेल्दै

Next Post

धरान फुटबल क्लवद्वारा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist