अहिले सफलताका साथ प्रदर्शनमा भैरहेको चलचित्र ‘अन्जिला’ कि मुख्य कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान गोल किपर अन्जिला तुम्बापो सुब्बालाई धरानमा भव्य स्वागत गरिएको छ । शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी अन्जिलाले दिनभर काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेर साँझ इटहरीको ईलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग भेटघाटमा व्यासत भएकी थिइन । व्यस्त सेड्युएलबिच पुर्व आएको अन्जिला शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगेकी थिइन ।
धरान प्रबेश गर्न साथ उनलाई धरान प्रबेशद्वार बाट धरान स्थित शशस्त्र प्रहरीले स्कटिङ गरेर फ्रेण्ड्स सिनेमाजमा पुर्याएको थियो । अन्जिला सिनेमा हल परिसर पुग्दै गर्दानै दर्शकहरु कुरेर बसेका थिए । शसस्त्रको स्कटिङ कडा सुरक्षाविच हल कम्पाउन्डमा पुगेकी अन्जिला, कलाकार सिर्जना सुब्बा, निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ,सह-निर्माता बिनोद अग्रवाल, चलचित्र निर्माता ज्योतीराज राई लगायत निर्माण टिमलाई स्थानिय लिम्बु संस्कृतीमा आधारित च्याब्रुङ नाचद्वारा स्वागत गरिएको थियो ।
आज भएको दुईओटै शो का दर्शकहरु सँग भेट्घाट गरेकी ‘अन्जिला’ र टिमले एन्फा एकेडेमी धरानमा पुगेर अन्फा एकेडेमीका बिधार्थीहरु सँग भलाकुसारी गर्यो भने साझ भने धरानमा जारी गोधुली कप फुटबल प्रतियोगीतामा पुगेको थियो । धरान रङ्गशालामा स्कटिङ र कडा सुरक्षा घेरामा प्रबेश गरेको टिमसहित अन्जिला ले प्याराफिट बसेकी दर्शकहरुलाई अभिवादन गर्दै मन्च सम्म पुग्दा अन्जिला अन्जिला अन्जिला भन्दै दर्शक दिर्घाबाट दर्शकहरु उठेर उनलाई सम्मान दिएका थिए ।
खेल क्षेत्रबाट छुट्टै नाम र पहिचान बनाएकी अन्जिलाले चलचित्र क्षेत्रमा पनि पहिलो डेव्यु चलचित्रबाट नै हिट लिस्टमा नाम लेखाएकिछिन । आफ्नै जीवन कहानीको बायोपिकमा अभिन्य गरेकी अन्जिलाको अभिनयको चर्चा सर्वत्र छ । उनले गरेको जीवन्त अभिनयले अहिले सिनेमा हलमा दर्शकहरुको रुवावासी छ चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ । यो सफलता र दर्शकको माया देखेर नै ग्रीसबाट छोटो समयको लागी नेपाल आएकी अन्जिलाले धरान निकै सफा लाग्ने र धरान कला क्षेत्रको मात्र हैन खेल क्षेत्रको पनि उर्वर भुमी भएको बताइन । आफ्नै बायोपिकमा अभिनय गरेकी अन्जिलाले अबको दिनमा अरु सिनेमा भने नगर्ने बताइन् । आफु सिनेमाले हैन खेल क्षेत्रबाटनै चिनिन र आफ्नो नाम बनाउन चाहेको उनको भनाइ छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली सिनेमा धरानमा हिट भए देशभरीनै हिट हुने सुनाए । उनले आफ्नो प्राय सिनेमाहरुको प्रीमियर धरानमै गरेको सुनादै धरानेहरु निकै सहयोगी रहेको बताए । प्रीमियरमा आउँदा अन्जिला लिएर धरान आउने वाचा गरेकै कारण अन्जिला को व्यस्त समयको वावजुद पनि धरान लिएर आएको सुनाए । ञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा-छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्।
निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । दर्शकहरु सँग भेटघाट सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।