जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरेकोछ । यसैगरी नेकपा माओवादी केन्द्र धरान नगरसमितीले आज ३0 औ जनयुद्ददिवसको अवसरमा रक्त्तदान कार्यक्रम आयोजना गरेको छ । रक्त्तदान कार्यक्रममा १२६ जनाले रक्त्तदान गरेका छन जम्मा १२६ पिन्ट रगत संकलन भएको रक्त्तदान कार्यक्रम संयोजक सुवास खवासले जानकारी दिए ।
हरेक बर्ष जनयुद्द दिवसको दिन बिभिन्न तीन कार्यक्रम गर्दै आएकोमा यसबर्ष पनि कार्यक्रमहरु रक्त्तदान कार्यक्रम,शहिद परिवारलाई भेटघाट कार्यक्रम र बेलुकी दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको सचिव राई ले जानकारी दिए । यसबर्ष द्वन्द्वको बेला माओवादी जनयुद्धका लडाकु शहिद बेपत्ताका धरानमा रहेका १५ शहिद परिवार र २ बेपत्ताका परिवारलाई आर्थिक सहयोग एवं सम्मान गरिएको नेकपा माओवादी केन्द्रका नगर सचिव भुपाल चाम्लिङ राईले जानकारी दिए ।
नगर अध्यक्ष उद्दव लिम्बुको सभापतित्वमा आयोजना भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काम्बाङ थिए । प्रमुख अतिथी काम्वाङले जनयुद्धमा घाइते तथा बेपत्ता परिवारलाई आरक्षणको व्यवस्था गर्दै जनयुद्धकै कारण देशमा विभिन्न कोटाको व्यवस्था भएको बताए । जनयुद्धले ल्याएको परिवर्तनले आम जनताको जीवनमा आधारभूत परिवर्तन गरेको काम्वाङको दावी थियो ।
कार्यक्रमका बिशेष अतिथी धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाले जनयुद्दले सार्थकता पाउनलाई सङ्घीयताको मर्म बोध हुने गरीको कार्य गर्नु पर्नेमा जोड दिए । जनयुद्धले हासिल गरेको उपलब्धि जोगाउनको लागी जनताको मर्म र भावना बुझेर जनताको लागी काम गर्नु पर्ने मा बेघाको जोड थियो ।
बिभिन्न किसिमका अन्याय अत्याचार को बिरुद्दमा न्याय पूर्ण सुरुवात गरेको एतिहासिक दिनको अवसरमा आयोजना भएको मानव जीवन बच्चाउने कार्य रक्त्तदान कार्यक्रमलाई सफल बनाउन व्यक्ति बिभिन्न तह र तप्कामा रहेर हरेक कोण बाट सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष लिम्बुले धन्यवाद दिए । कार्यक्रममा नेपाली काँग्रेसका धरान सभापति श्याम पोख्रेल, जसपा नगर अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका नगर अध्यक्ष रेवती रमण राई, एमाले नेता पारस काम्वाङ लगायतको उपस्थिती रहेको थियो ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। यसैगरी पार्टीले ३० औं जनयुद्ध दिवसको दिन बिहीबार धरानको मुख्य चौक भानुचौकमा दीप प्रज्वलन गरेको छ । जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ ।