Wednesday, July 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सरस्वती मावि पानबारीको ६६ औं वार्षिकोत्सवको अवसरमा दातालाई सम्मान र विद्यार्थीलाई छात्रावृत्ति

सरस्वती पूजाको दिन स्थापना भएको सरस्वती माविको वार्षिकोत्सवको अवसरमा विद्यालयमा भव्य वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको थियो ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २३ गते १४:३५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
सरस्वती  मावि पानबारीको ६६ औं वार्षिकोत्सवको अवसरमा  दातालाई सम्मान र विद्यार्थीलाई छात्रावृत्ति
40
SHARES
Share on FacebookShare on Twitter

धरान । पानबारी स्थित सरस्वती माविको ६६ औं वार्षिकोत्सव सम्पन्न भएका छ ।सरस्वती पूजाको दिन स्थापना भएको सरस्वती माविको वार्षिकोत्सवको अवसरमा विद्यालयमा भव्य वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको थियो । वार्षिकोत्सवमा विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको थियो भने कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । एनसिसि क्याडेड विद्यार्थीहरुले कार्यक्रममा आफ्नो परेड नृत्य प्रस्तुत गरेका थिए भने इन्द्रप्रस्थ जेष्ठ नागरिक समाजले बालन नृत्य प्रस्तुत गरेको थियो । कक्षा ११ का एनुसा लिम्बू र दिव्या विश्वकर्मालाई नगद १८ सय सहित स्व. हरिप्रसाद बजगाई तथा हेमकुमारी बजगाई स्मृति छात्रावृत्ति प्रदान गरिएको थियो ।

कक्षा २ कि षष्टिका बिष्ट र कक्षा ४ का देबेन्द्र भण्डारीलाई नगद रु ११ सय सहित सदिक्षा सुवेदी तथा समिक्षा सुवेदी छात्रावृत्ति प्रदान गरिएको थियो । त्यस्तै चन्द्रचुणामणि गरिब जेहेन्दार छात्रावृत्ति जनही १६ सय सहित कक्षा ६ का सुशन चौधरी, कक्षा सातकी मनिता लिम्बू, कक्षा ८ का क्षितिज सुब्बा, कक्षा ९ कि रचना श्रेष्ठ र कक्षा १० कि श्रीषा लिम्बूलाई प्रदान गरिएको थियो । त्यस्तै गरी प्रियंका कट्वाल÷गणेश केसी छात्रावृत्तिबाट कक्षा १२ का मेनुका कार्की र तनुषा तामाङलाई जनही नगद २२ सय सहित पुरस्कृत गरिएको थियो । त्यस्तै कृष्णप्रसाद गौतम (फावाखोले) स्मृति एसइइ जेहेन्दा छात्रावृत्तिबाट सजिना गुरुङ र नमिता थापामगरलाई जनही नगद १८ सय सहित पुरस्कृत गरिएको थियो ।


चित्रबहादुर काफ्ले र कृष्णप्रसाद भट्टराईद्वारा अक्षयकोष स्थापना
आफ्नो स्व. पत्निको स्मृतिमा विद्यालयका कर्मचारी चित्रबहादुर काफ्लेले एकलाख एक हजार १० रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै आफ्नो स्व. आमा तुलसा भट्टराईको स्मृतिमा एकलाख २१ हजारको छात्रावृत्ति कोष स्थापना गरेका छन् । उनीहरुलाई विद्यालयले दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

आवश्यक सहयोग सरकारबाट हुन्छः सांसद बस्नेत
विद्यालयको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेतले विद्यालय धरान क्षेत्रकै उत्कृष्ट मध्ये एक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विद्यालयको भौतिक निर्माणकालागी संघीय शिक्षामन्त्री विद्या भट्टराईसँग भेटेर नै बजेटको व्यवस्था गर्न अनुरोध गरेको स्मरण गर्दै छिट्टै विद्यालयमा सुविधासम्पन्न भवनहरु थप निर्माण हुने विश्वास व्यक्त गरे । उनले भने ‘संविधानमा माविसम्मको शिक्षालाई स्थानीय सरकारले हेर्ने भनेकोले प्रदेश सरकारको परिभाषित जिम्मेवारी त छैन, तर पनि प्रदेश सरकारले विद्यालयहरुको स्तरोन्नतीमा काम गरिरहेको छ ।’ विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत सरस्वती माविमा नर्सको दरबन्दी प्रदेश सरकारले व्यवस्थापन गरेको समेत उनले बताए ।


विद्यालयको नतिजा उत्कृष्ट छः प्रअ
विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले विद्यालयको प्रगति प्रतिबेदन सार्वजनिक गर्दै धरान क्षेत्रमा सरस्वती मावि उत्कृष्ट रहेको बताए । उनले सामुदायिक विद्यालयतर्फ समग्र धरानमा एसईईको नतिजाको आधारमा सरस्वती मावि दोस्रो भएको र १२ कक्षाको नतिजाको आधारमा पहिलो भएको बताए । उनले ढुंगा गिटी निकासीमा विद्यालयले उठाउदै आएको सहयोग विगत तीन वर्षदेखि नउठाएको कारण विद्यालयमा आर्थिक संकट भएको बताए । उनले भने ‘हामीले ढुंगा गिटी निकासी हुँदा सहयोग लिने गरेका थियौ, तर तीनवर्षदेखि त्यसबापत सहयोग प्राप्त हुन सकेको छैन । जसले गर्दा नीजि स्रोतबाट दरबन्दी कायम भइ कार्यरत शिक्षकहरुलाई तलब दिन गाह्रो भएको छ ।’

Previous Post

साबिक विजेता एनआरटी ले केएफटिसी झापालाई ३–१ गोल अन्तरले हरायो

Next Post

नेपाल लिग च्याम्पियन चर्च ब्वाइजद्वारा भुटान लिग खेल्ने टिम ७-० गोलले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist