धरानमा पानीको हाहाकार बढ्दै गएको संकेत धरान खानेपानी बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले गरेकाछन । धरान उपमहानगरपालिकाको चुनावमा धरानमा खानेपानीको अभाव हुन नदिने मुख्य नाराले चुनाव जितेका नगर प्रमुख हर्क साम्पाङले पानीकै सङ्कट देखाउँदै रित्तो गाग्री लिएर भानुचौकमा प्रदर्शन गरेका छन् ।उनी २०७९ वैशाख ३० मा भएको चुनाव जितेर नगर प्रमुख भएका हुन । प्रमुखको पदमा बसेको २ वर्षका अवधिमा धरानमा खानेपानीका लागि भनेर उनले गरेका अनेकौ योजना काम हरु चर्चामा छन तर पानीको समस्या यथावत रहेको कुरा मेयर आँफैले आज धरानको मुख्य चौक भानुचौकमा रित्तो गाग्रो लिएर प्रदर्शन गरेर प्रस्ट परेकाछन ।
केही समय अगाडी उनले आफ्नो अफिसियल सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै सबै धरानेलाई रित्तो थोत्रो गाग्रो लिएर आउन आह्वान् समेत गरेका थिए । उनले आह्वान् गरेजस्तो जनसहभागीता नभएपनी मेयरले अहिले खानेपानीको लागि सरकारले सहयोग गरेन भन्दै विरोधमा रित्तो गाग्री बोकेर आईतबार भानुचोकमा प्रदर्शन गर्नुपरेको बताए ।
प्रमुख साम्पाङले रित्तो गाग्री नै बोकेर भानुचौकमा आएर जनताको अगाडी भाषण गरेर सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको कारण रित्तो गाग्री बोकेर भानुचोकमा सरकारको विरुद्ध विरोधमा निस्किनु परेको बताए ।उनले साह्रै पो पत्याएन हौ मलाई तँ, भित्र पस्न दिन्छ कि दिँदैन रहेछ हेर्छु भनी बताउँदै भने ‘भोली खानेपानी मन्त्रालय, अर्थमन्त्रालय विभिन्न मन्त्रालय यही कुच्चिएको गाग्री बोकेर जाने जानकारी दिए ।प्रमुख साम्पाङले बर्खायाममा कोकाह, सर्दु , खर्दु, निशाने, पकुवाबाट पानी ल्याउन करोडौँ रकम सहयोग जुटाएर काम गरेपनि पानीको समस्या जस्ताको त्यस्तै छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।