बिगत ३ बर्षदेखी धरानमा आयोजना हुँदै आएको धरान एक्स्पो तेस्रो पटक पुन हुन लागेको छ । आइतबार आयोजक सुनसरी उधोग वाणिज्य संघले पत्रकार सम्मेलन गरी एक्स्पो हुने बारे जानकारी दिएको हो । एक्स्पो धरान १६ स्थित धरान रङ्गशालाको दक्षिणपटीको खाली मैदानमा हुने आयोजक सुनसरी उधोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । एक्स्पो धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा पौष २५ देखि माघ ५ गतेसम्म आयोजना हुने श्रेष्ठले जानकारी दिए ।
बिगत दुई बर्षदेखी आयोजना हुँदै आएको एक्स्पो ह्याङ्गर डमी भित्र गरिदै आएको छ । एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई आयोजकले तीव्रता दिएका छन् ।कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले बताए । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।’
एक सय ४२ स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्ने धरान एक्स्पो २०८१ का संयोजक गोपाल श्रेष्ठले बताए ।
उनका अनुसार नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय ४२ स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्नेछन् । एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ पनि आयोजना गरिने आयोजकले बताएको छ । एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ भने हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिनेछन् ।