ख्रीस्टमसको अवसरमा ज्योती चर्च धरान ५ देउरालीद्वारा ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा ख्रीष्टमस उपहार कार्यक्रम सम्पन्न भएको छ । स्थानीय ज्योति चर्चको आयोजनामा शनिबार चर्च भवनमा आयोजित सम्मान कार्यक्रममा १९ जना ज्येष्ठ नागरिकहरुलाई नगद, प्रमाण पत्र, न्यानो सिरक नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने ६० जनालाई ख्रीष्टमस उपहार प्रदान गरिएको थियो । धरान उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान ५ र आसपासका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिकहरुलाई प्रमुख अतिथी मन प्रशाद लिम्बु, रेभरेन्ड पास्टर कुबेर गुरुङ, अस्थाइ प्रहरी पोस्टका इन्चार्ज र स्थानीय पास्टर मचिन्द्र लावतीले सम्मान गरेका थिए चर्चले हरेक बर्षको ख्रीस्टमसको अवसरमा कुनै न कुनै सामाजिक काम गर्दै आइरहेको र यो बर्ष भने ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै ख्रीस्टमस मनाउन सुरु गरिएको स्थानीय पास्टर मचिन्द्र कुमार लावतीले जानकारी दिनुभयो ।
ख्रीष्टमस उपहार कार्यक्रम सम्पन्न गर्न स्थानीय चर्चका एल्डरहरु डिकन र बिस्वासीहरुले नै आर्थिक सहयोग गर्नु भएको र त्यही रकम बाट समान खरिद गरेर प्रदान गरिएको पास्टर लावतीले जानकारी दिनु भयो । सिङगिङ न्यु सँग इन्टरनेश्नल क्युराकाओ टिमले १०० वटा मच्छरदानी प्रदान गरेको लावतीले बताउनु भयो । यसैगरी स्थानीय चर्चको तर्फबाट केहीदिन अघी ईलामका ११६ जना विपन्न परिवारको बालबालिकाहरुलाई न्यानो ट्र्याक सुट समेत बितरण गरेको थियो ।