धरान १५ मा अवस्थित प्राचीन ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बाले यस वर्ष पनि विश्वशान्ती पूजा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ। शुक्रबार गुम्बा व्यवस्थापन समितीले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी दिएको छ। विश्वका करिव ६ वटा राष्ट्रमा मात्र हुँदै आएको विश्वशान्ती पूजा कोशी प्रदेशमा धरानमा मात्र हुनेगरेको ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बा धरानका अध्यक्ष लोक बहादुर तामङले जानकारी दिए ।धर्म, संस्कृति, र पर्यटन प्रवर्द्धनका लागि यस कार्यक्रमले टेवा पुर्याउने तमाङको दावी छ ।
पूजा मंसिर २० देखि २४ गतेसम्म गुम्बा परिसरमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमले बौद्ध धर्मको संरक्षण र संवर्द्धनमा योगदान संगै धरान नगरको पर्यटन र पर्यावरण प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गुम्बाका प्रमुख राजेन्द्र तामङले जानकारी दिए । कार्यक्रमले १२०० प्राचीन गुरु रिन्पोछे लिला तथा विश्व शान्ति पूजा,गुरु पद्मसंभवको पौराणिक नृत्य तथा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने यो कार्यक्रमले सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्ने तमाङको दावी छ । दश करोड बज्र गुरु जप:, नृत्य लिलाको समुद्घाटन लगायत प्रमुख आकर्षणको रुपमा हेरिएको छ । पूजामा गत बर्षमा झै यसबर्ष पनी तिब्बत, भुटान, भारतबाट भक्तजनहरु आउने आयोजकले जनाएको छ । धार्मिक उत्सवले लाखौं भक्तजन, विभिन्न जिल्लाका लामा गुरु, र विदेशी पर्यटकहरूलाई धरान तान्ने अपेक्षा गरिएको छ।