महिला विरूद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ। संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। यसै क्रममा सोमबार धरानमा पनि ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।सोमबारबाट मुलुकभर अभियान सुरु भएको हो ।
अभियान अन्तर्गत मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यक्रम गरिएको थियो । इलाका प्रहरी कार्यालयको आयोजना सचेतनामुलक कार्यक्रम गरिएको हो । मुलुकभर नै विविध कार्यक्रम गरी अभियान भइरहेको छ । सोम जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिकाको सहकार्यम कार्यक्रम गरेको हो । कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी राम चन्द्र तिवारी, इनरुवा नगरपाललिका उप–प्रमुख विनिता कुमारी मेहता, प्रमुख सेनानि राजन भुजू, जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सामेनन्द वज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका तुलसी कट्टेल, उद्योग वासणज्य सङ्घ इनरुवाका अध्यक्ष विरेन्द्र शाह, गैर सरकारी संस्था महासङ्घ नेपाल सुनसरीको अध्यक्ष मेघराज न्यौपाने, लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारी, विभिन्न महिला अधिकारसँग सम्बन्धित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका पदाधिकारीलागयतको उपस्थितिमा अभियान सुरु गरिएको हो ।