पछील्लो समय धरानमा यौन ब्यबसायीहरु र होटल संचालकहरु धमाधम पक्राउ पर्न थालेकाछन । केहीदिन अघी मात्र धरान ८ को एक होटलबाट संचालक सहित केही यौनकर्मीहरु पक्राउ परेयता प्रहरीले धरानका केही संकास्पद होटलहरुमा छापामार्न थालेको छ ।

संकास्पद र गोप्य सुचनाको आधारमा शनिबार ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१२ चतरा लाइनको श्रेष्ठ होटलका सञ्चालक जगत श्रेष्ठ, ४ जना महिला सहित २ पुरुष गरी ७ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानका इन्चार्ज रुद्र खड्काले जानकारी दिए । सञ्चालक श्रेष्ठले कमिसनमा युवतीहरू राखेर यौन व्यवसाय सञ्चालन गरेको सूचना पाएपछि छापा मारिएको इन्चार्ज खड्काले बताए ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।