सुनसरीको धरान उप-महानगरपालिका-१५ मा जुवा खेल्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिंदै गरेको चाडपर्वलाई सुरक्षित बनाउने उद्धेश्य अनुरुप ईलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट असोज १८ गते बिहान परिचालन भएको टोलीले धरान-१५ स्थित दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा १३ बुक तास र नगद ४९ हजार ३ सय १५ रुपैया समेत धरान-१५ का ३२ बर्षीय डम्मर भन्ने विकास गोतामे, ३५ बर्षीय ज्ञान बहादुर राई, धरान-१८ का ३२ बर्षीय किसन घिमिरे र भोजपुर पौवादुम्बा गाउँपालिका-१ का ४४ बर्षीय श्री राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।