Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी प्रदेशममै पहिलोपटक धरानमा दुइदिने बियर महोत्सव हुने

महोत्सव असोज १८ र १९ गते धरान–१५ स्थित होटल ईजी राइडरमा आयोजना गरिने आयोजकले जनाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज १७ गते २१:३४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कोशी प्रदेशममै पहिलोपटक धरानमा दुइदिने बियर महोत्सव हुने
45
SHARES
Share on FacebookShare on Twitter

नेपाल मदिरा व्यवसायी महासंघ कोशी प्रदेश, धरान मदिरा व्यवसायी संघ र धरान मदिरा वितरक संघको संयुक्त आयोजना कोशी प्रदेशमै पहिलो पटक बियर महोत्सव हुने भएको छ । असोज १८ र १९ गते धरान–१५ स्थित होटेल ईजी राइडरमा आयोजना हुने महोत्सको संयोजन सुनसरी उद्योग वाणिज्य संघले गर्ने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । खुलम खुल्ला रुपमा प्रचार प्रसार गर्न समेत सरकारले बन्देज गरेको बियरको महोत्सव किन हुँदै छ भनी जिज्ञासामा,अल्कोहलको मात्रा रक्सी र वाइनमा भन्दा कम भएकोले बियर ठिक मात्रामा पिउँदा रक्सी, वाइन जस्तो नभएको बुझाउन दुई दिने बियर महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सव धरान–१५ स्थित होटल ईजी राइडरमा आयोजना गरिने आयोजकले जनाएको छ ।

लगभग १ लाख सङ्ख्यामा उपभोक्ताहरू व्यवसायीहरू सहभागीताको अपेक्षा गरिएको महोत्सवमा नेपालमा उत्पादित ७ वटा बियर कम्पनीको स्टल हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने संयोजक नवीन तामाङले जानकारी दिए । तामाङका अनुसार भिन्न स्वाद भिन्न कम्पनीहरूका फरक फरक ब्रान्डका अल्कोहलको मात्रा फरक फरक भएका बियरहरू एकै स्थानमा बियर पारखीहरूको लागि प्रदर्शन, अवलोकन र टेष्टिङको व्यवस्था गरिने भएको छ । स्टलमा सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरूबाट उत्पादित बियरहरु रहने आयोजकले जनाएको छ । ‘काठमाडौँपछि धरान दोस्रो बियर पारखीहरू भएको स्थान भएकाले प्रदेश स्तरीय महोत्सव गर्न लागिएको तामाङको दावी छ ।

नेपाल सरकारको मदिरा ऐन २०३१, मूल्य अभिवृद्धि ऐन २०५२, अन्तःशुल्क तथा आयकर ऐन २०५८ को परिधिभित्र रही महोत्सव गरिने सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । ‘चाडपर्वहरूलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पनि सहजता प्रदान गर्ने मनसायले बियर उत्सवप्रति सङ्घले सकारात्मक दृष्टिकोण राखेको श्रेष्ठको भनाइ छ । बियर महोत्सव मदिरा मात्र नभई सहि समय अनी लिमिटमा गरिएको सेवनले स्वास्थ्यको लागि फायदाजनक हुने जानकारी पनि दिने तयारी रहेको छ । बियर कुन विधिबाट बन्छ र कति प्रकारका बियरहरू हुन्छ भन्ने बारे जानकारी गराइने उद्देश्यले पनि महोत्सवको रहेको आयोजकले जनाएको छ ।

Previous Post

‘बेहुली फ्रम मेघौली’ले बेहुलीको अनुभव लेख्नेलाई आकर्षक पुरस्कार दिने

Next Post

प्रचार-प्रसारमा ‘महाजात्रा’ को पाइला पछ्याउदै प्रदीप को ‘एक्टर’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist