यातायात व्यवस्था कार्यालय, इटहरी (सवारी) तथा यातायात व्यवस्था कार्यालय, इटहरी (सवारी चालक अनुमती पत्र) मा सेवाग्राहीलाई विचौलियाहरुले दुःख दिने १७ जना बिचौलिया पक्राउ परेका छन । बिचौलिया हरुले अनियमित कार्यहरु गर्ने, गराउने गरेको भन्ने गुनासोका आधारमा बुधवार सुनसरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ती कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्ति सहित १७ जना विचौलियालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृयामा लगिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।