समाजवादी युवा सङ्घका केन्द्रीय सचिव श्री सुब्बाको नेतृत्वमा कोशी प्रदेशका जसपा पार्टीका करिब ६ सय युवाहरु नेकपा माओवादी केन्द्रको युवा संगठन वाई.सि.एल.नेपालमा प्रवेश गरेका छन् । उनिहरु कोशी प्रदेशका मोरङ, सुनसरी, उदयपुर, इलाम ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटाबाट ६ सय हाराहारीमा युवाहरु वाई.सि.एल. प्रवेश गरेको जनाएको छ । प्रबेश गर्नेहरुमा जसपा नेपालका जिम्मेवार पदमा रहेका युवाहरु रहेका छन ।

प्रबेश गर्ने हरुमा सुनसरीबाट प्रदेश सदस्य सम्सु अन्सारी र कृष्ण लिम्बु, समाजवादी युवा सङ्घ मोरङ जिल्लाका वरिष्ठ उपाध्यक्ष सुमन लिम्बु, इलामबाट प्रदेश सदस्य हिमाल राई, उदयपुरबाट प्रदेश सदस्य रन्जित राई, प्रेम राई र श्याम मगर, धनकुटाबाट प्रदेश सदस्य राम राई र सन्दीप लिम्बु, संखुवासभाबाट प्रदेश सदस्य सुन्दर गुरुङ, तेह्रथुमबाट प्रदेश सदस्य राज श्रेष्ठ र गंगाबहादुर लिम्बु, ताप्लेजुङबाट प्रदेश सदस्य लक्ष्मी लिम्बु र मौसम लिम्बु को नेतृत्वमा युवाहरु वाईसीएलमा प्रवेश गरेका हुन् ।

मंगलबार धरानमा एक कार्यक्रम आयोजना गरी उनिहरुलाई वाई.सि.एल.नेपालमा प्रवेश गराइएको थियो । पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सपना परिवार सन्ध्या, किराँती राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजन किराँती बासु, प्रदेश कमिटीका सदस्य तथा धरानका उपप्रमुख आइन्द्रविक्रम बेगा, पार्टीका प्रदेश सदस्य तथा वाईसीएलका पूर्व नेता पूर्ण भुजेल चिन्तन, पार्टीका प्रदेश सदस्य तथा धरान इन्चार्ज फोकवाहाङ सुब्बा चोत्लुङ, उपमहानगर कमिटी अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उनिहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल किराँती, प्रदेश सभा संसदीय दलका नेता इन्द्र आङ्बो मौसम, युवा तथा विद्यार्थीका फ्र्याक्सन इन्चार्ज तथा केन्द्रीय कमिटीका सदस्य मुक्सामहाङ मेन्याङबो मुकेश, ञ१ नम्बर प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ मिक्सो, वाईसीएल नेपालका प्रदेश इन्चार्ज कर्मा पुलामी लगायतका नेताहरूले स्वागत गरेका थिए।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।