धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) द्वारा धरानका १० राजनीतिक दलहरुले बुझाएको ज्ञापन पत्रको बेवास्ता गरेपछी आजबाट थप आन्दोलन गरेको छ । जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाएका थिए । खानेपानी बोर्डका अध्यक्ष मेयर साम्पाङलाई नभेटेपछी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ज्ञापन–पत्र बुझाएर आफुहरुको माग ७२ घण्टा भित्र पुरा नगरे आन्दोलन सुरु गरिने चेतावनी समेत दिएका थिए । गत मङ्लबार संयुक्त रूपमा सार्वजनिक विज्ञप्तिमा साउन १७ गते विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया, १८ गते सबै वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुहाए र आज २० गते धर्ना कार्यक्रम स्वरुप सम्पूर्ण जनताहरुलाई आन्दोलनमा सहभागी गराएर आन्दोलनको गरेका हुन । सिंह देवी चौक मा भेला भएर प्ले कार्ड बोकेर नारा जुलुस गर्दै खानेपानी बोर्डमा गएर ताला लगाएका थिए । बिरोध कार्यक्रममा उप प्रमुख आइन्द्र बिक्रम बेघा र जनप्रतिनिधीहरुको सहभागीता थियो ।
धरानको खानेपानी महशुल शुल्क अत्याधिक बढाएको भन्दै मूल्य वृद्धिको विरुद्धमा धरानको दश दलको नेतृत्वमा आज आइतबार खानेपानी बोर्डको कार्यलयमा ताला लगाएको छ । शुल्क नघटाइ ताला खोलिए , खानेपानी बितरणमा प्रभाव पारे त्यस्को परिणाम ठिक नहुने र परिणामको जिम्मा खानेपानी बोर्ड अध्यक्ष र खानेपानी बोर्डका कार्यकारी निर्देशकले जिम्मा लिनु पर्ने जनाएको छ । नयाँ धारा जडानमा न्यूनतम ३३ देखि ३०० प्रतिशतसम्म, होल चेन्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी २४ सय प्रतिशतदेखि ९९ सय प्रतिशतसम्म, मर्मत तथा चेक १०० देखि १९ सय प्रतिशतसम्म, महसुल ११ देखि २०० प्रतिशतसम्म, निवेदन दस्तुर ४०० प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थपिएको भनी राजनीतिक दलहरुले बिरोध जनाएका हुन । यसअघि पुराना (मृत्यु भएका) धनीको नामबाट धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० हजार रुपैयाँ कायम गरी २४०० सय प्रतिशत देखी ९९०० प्रतिशत सम्म बढाइएको छ ।