असार ७ गते फेसबुक स्ट्याटसमा धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकको भिडियो तोडमोड गरी सामाजिक सञ्जाल किमजोङ नाम टिकटक आइडीबाट ‘हामी बिच रहेनन् धरानका उपमेयर वैकुण्ठमा बास होस’ भनी पोस्ट गर्ने दोर्जे इन्डिजिनियशको वास्तविक नाम अरुण तामाङ, कुल बहादुर तामाङ (घिसिङ) लगायतका व्यक्तिहरू विरुद्ध निवेदन दर्ता गरिएको आइतबार उप प्रमुख आइन्द्र बिक्रम बेघाले पत्रकार सम्मेलन गरेर जानकारी दिए । पत्रकार सम्मेलन गरेको केही घण्टामै अरुण तामाङले बेघा लाई चुनौती र धम्कीको भाषामा ‘ के नाप्छस नापेर देखा, आतङ्कारी भन्दा बेघाकै आइडी लाई मेन्शन गरी पोस्ट गरेका छन ।
बेघालाई सामाजिक सञ्जालमा उनको मृत्यु भएको भनी ‘श्रद्धाञ्जली’ लेखेर पोष्ट गर्ने विरुद्ध कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिइए पनि अझै पनि कुनै डर नराखी पोस्ट गरेको पाइएको छ । बेघाले सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने व्यक्तिहरूलाई नेपाल सरकार गृह मन्त्रालयलाई सम्बोधन गर्दे,जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरानमा बोधार्थ दिँदै कारबाहीका लागि निवेदन दिएको बताए । नेपाल सरकार गृह मन्त्रालयलाई सम्बोधन गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालय, सुनसरी जिल्ला प्रहरी कार्यालयलाई लेखिएको निवेदन कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा दिइएको हो ।