Sunday, April 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

टिभीमा हेरिने कमेडी च्याम्पियनले बिर्तामोड र इटहरीमा आएर हसाउने

टेलिभिजन र युट्युब च्यानलमा हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वको दुई शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २६ गते २२:०२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
टिभीमा हेरिने कमेडी च्याम्पियनले बिर्तामोड र इटहरीमा आएर हसाउने
50
SHARES
Share on FacebookShare on Twitter

टेलिभिजन र युट्युब च्यानलमा हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वको दुई शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ । टेलिभिजनको पर्दामा मात्र सजिलै सँग हेरिदै आएको कमेडी च्याम्पियनको परिवारलाई नै अब लाइव हेर्न पाइने भएको हो । शनिबार कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी र कमेडियनद्वय सुमन कार्की र कैलाश कार्कीले बिर्तामोड र इटहरीमा पत्रकार सम्मेलन गरी ‘महाकमेडी’ यात्राको बारेमा जानकारी दिएको छ । निर्देशक भण्डारीका अनुसार यही चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को टिम सँग मिलेर बिर्तामोड र इटहरीमा महाकमेडी गरिनेछ । कमेडी च्याम्पियनका दीपाश्री निरौला, सुमन कार्की, कैलाश कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, प्रशान्त लामा,सन्तोष थापा,पवन भट्टराई ,सुशान्त बश्याल, पूजान अधिकारी लगायतले प्रस्तुती दिनेछन । सेटमै गएर लाइव हेर्न इच्छा रखेका र हेर्न नपाएका पुर्वका दर्शकहरुको लागी कमेडी शो कसरी खिचिन्छ लाइव कस्तो हुन्छ भन्ने कुरा जानकारी होस र लाइफ स्वाद लिन पाउन भएको होस् भन्ने हेतुले टुर गरेको भण्डारीको दावी छ । अनेककाम बाट थाकेका सम्पूर्ण पुर्वेली दर्शक हरुको लागी मनोरन्जन र फ्रेश बनाउन महत्वपूर्ण खुराक बन्ने च्याम्पियन टिमको दावी छ ।


कलाकार कमेडियन सुमन कार्कीले यसरी सेट नै छाडेर पहिलो पटक कमेडी च्याम्पियन टिम संगै महाकमेडी यात्रा गर्न पाउदा आफुलाई परिवार सँग तिर्थ यात्रा गएको जस्तो अनुभव भएको सुनाए । आफुहरुले केही समय अमेरिका यात्राको दौरानमा पनि केही नयाँ अनुभव लिए पनि यसपटक परिवारनै यात्रामा निस्किदा निकै फरक अनुभव र रमाइलो भएको ले दर्शक हरुकै अगाडी बसेर प्रस्तुती दिन पाउदा निकै उत्साहित रहेको बताए ।के हामीले टिभीमै देखिरहेको केन्द्रिय राजनीतिलाई व्यङग्य गरेकै रोस्ट हानेकै कमेडी हेर्न पर्ने हो भन्ने पत्रकारको जिज्ञासामा कार्कीले स्थानिय स्तरकै समसामयिक बिषयलाई मिठो कोसेली पस्किने तयारी रहेको र आएका दर्शकलाई निराश बनाएर नपठाउने दावी गरे । अर्का कमेडियन कैलाश कार्कीले टेलिभिजनमै देखिरहेको स्वाद स्थानिय तवरले मजाले हेर्न पाउने र टिभिमा हेरेकै जस्तै पाहुना सहित प्रस्तुती दिन पाउदा निकै उत्साहित भएको सुनाए ।

टिमका अनुसार यही फागुन ३० गते बिर्तामोडको सिटी सेन्टर स्थित साइ पार्टी प्यालेस र चैत्र १ गते इटहरी २ आपगाछी स्थित इम्पेरियल पार्टी प्यालेसमा साझा ५ बजेदेखी सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन रु ५०० को टिकट खरिद गर्न पर्ने छ भने बिधार्थीका लागी आइडी कार्ड देखाएर ५०० मा दुई वटा टिकट पाउने आयोजकले जनाएको छ । कार्यक्रमको स्टेजमा गेस्ट को रुपमा ‘महाजात्रा’ का मुख्यकलाकारहरु हरीबंश आचार्य, बिपिन कार्की , बर्षा राउत , रबिन्द्र सिंह बानिया, राजाराम पौडेल , निर्देशक प्रदिप भट्टराई , निर्माता म्याक्स दिपेश खत्री रहने छन । यात्रा गत फागुन २१ गतेदेखि सुरु गरेर दुई चरणमा गरिएको छ । पश्चिमका पोखरा , बुटवल,हेटौंडा सकेर टिम पुर्वका शहरहरुमा कार्यक्रम गर्न लागेको हो ।

ADVERTISEMENT
Previous Post

‘अञ्जिला’को फर्स्टलुक पोस्टरमा एक हातमा बल अनी डोको बोकेकी ‘अञ्जिला’

Next Post

पानवारी शतवार्षिक महोत्सवमा आज कमल खत्री आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist