बाराको निजगढ नगरपालिका ७ सहिद चोकमा रहेको रोहित वर्कशपमा ग्यास वेल्डिङ गर्ने क्रममा बम जस्तो देखिने बस्तु पड्किदा एकको मृत्यु हुनुका साथै ५ घाइते भएका छन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।विस्फोटबाट वर्कसपका संचालक निजगढ नगरपालिका-९ का रेशम मगरको मृत्यु भएको हो ।मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेको अबस्थामा कवाड पसलबाट काटेर तामा निकाल्न बर्कशपमा ल्याएको र काट्ने क्रममा अचानक बिस्फोट हुँदा उनको मृत्यु भएको हो ।गम्भीर घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको निजगढ नगरपालिका-९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिरगन्ज रिफर गरिएको छ । एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।बम जस्तो बिष्फोटक पदार्थ ल्याउने कवाडी सञ्चालक दुई जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा कवाडमा काम गर्ने भारत निवासी राज जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्नेक्रममा ३५ किलोमिटर पर कलैयाबाट प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनु भएको छ ।