धरानमा जारी धरान एक्स्पो को पाचौ दिन, पछील्लो समयका चर्चित अनी व्यस्त गायक तथा नायक प्रकास सपुतले बेजोड प्रस्तुती दिने भएका छन । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘धरान एक्स्पो–२०८०’को पाँचौं दिन (फागुन १५ गते) गायक सपुतले आफ्नो प्रस्तुति दिने भएका हुन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका सपुत पछील्लो समय देशमा भन्दा नि बिदेशमा आफ्नो प्रस्तुती दिन व्यस्त छन । उनी गायक मात्र नभएर पछील्लो समय परदेशी -२ बाट नायकमा डेव्यु गरेर सफलता पाइसकेकाछन । गीत संगीत संगै मोडलिङमा जमेका गायक सपुत धरानका दर्शकहरुका लागी यो दोस्रो पटक आफ्नो प्रस्तुती दिदैछन ।
रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए । फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ ।