Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दोस्रो ‘धरान एक्स्पो २०८०’ फागुन ११ गतेबाट, पर्यटन मन्त्रीले उदघाटन गर्ने

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भोली फागुन ११ देखी २३ गते सम्म १० दिने ‘धरान एक्स्पो -२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १० गते १८:१९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
दोस्रो ‘धरान एक्स्पो २०८०’ फागुन ११ गतेबाट, पर्यटन मन्त्रीले उदघाटन गर्ने
93
SHARES
Share on FacebookShare on Twitter

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भोली फागुन ११ देखी २३ गते सम्म १० दिने ‘धरान एक्स्पो -२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले एक्स्पो आयोजना स्थल धरान १६ स्थित रङगशालामा आयोजना भएको पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । कार्यक्रमको उदघाटन दिउसो १ :३० बजे संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीले गर्ने आयोजक ले जनाएको छ । एक्स्पो यो बर्षपनी ह्याङ्गर डमी भित्र गरिने भएकोछ । सुनसरीको व्यवसायीक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागिरहेको एक्स्पोमा यो बर्षदेखी धरानमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागी गायन र नृत्य प्रतियोगीता पनि हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो पटक आयोजना हुन लागिरहेको एक्स्पो -२०८० मा यस बर्षदेखी धरान आइडल तथा लोकनृत्य प्रतियोगीता आयोजना हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेनमा जानकारी गराइयो । बिभिन्न कार्यक्रमहरु अन्तर्गत धरान आइडल तथा लोकनृत्य प्रतियोगीता -२०८० को संयोजन धरानकै सिल्भर इन्टरटेन्मेन्टले गर्ने छ । यस बर्षको एक्स्पोकोमा बिशेष नयाँ आकर्षणको रुपमा रुप वे अर्थात जीपलाइन पनि रहने भएको छ ।


बिगत दिनहरुमा धेरै मेला उत्सव भए तर धरान एक्स्पो चाँही कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटन, कला संस्कृति लगायत धरानको चौतर्फी विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । संघले गत बर्ष देखी धरानमा एक्स्पो आयोजना सुरु गरेको छ । गत बर्षको बिभिन्न कमिकमजोरीलाई सच्याउदै यस बर्षको एक्स्पो अझधेरै राम्रो तरिकाले,पूर्ण तयारीका साथ आयोजना गर्ने लागिएको श्रेष्ठले बताए । दैनिक ५० हजार मानिसले अवलोकन गरिने अपेक्षा गरिएको एक्स्पोमा १६ करोड बराबरको कारोबारको अपेक्षा रहेको श्रेष्ठले बताए ।मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएको श्रेष्ठले बताए ।

ADVERTISEMENT

नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा १५० वटा स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्नेछन् । एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए ।उनले भने ‘धरान डे मा स्टल नपाएर फर्केका हुम्ला ,जुम्ला,पोखराका उत्पादनहरू मार्सी चामल दाल भए र सङ्खुवासभाको भिर मौरी अल्लोको सामग्रीहरूलाई एक्स्पोमा स्टल उपलब्ध गरिएको छ ।’

गत बर्षको एक्स्पोमा रोकिएको रोटेपिङ खेल यस पटक संचालन हुनेछ । यसैगरी रेलगाडी, नाउ, जम्पिङलगायत बालबालिका रमाउने खेलहरु, धरान आइडियल तथा लोकनृत्य प्रतियोगिता, निकासी योग्य वस्तु सम्बन्धी गोष्ठी, आर्थिक विश्लेषणका लागि कार्यशाला, पर्यटकीय भ्रमण, हाइकिङ, बर्ड वाचिङ, एक गाउँ एक उत्पादनका बस्तुहरुको प्रर्दशनीलगायत पनि एक्स्पोको आकर्षण हुनेछ । एक्स्पो अवधिमा खानेपानी सम्बन्धी गोष्ठी पनि हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक्स्पोमा दैनिक रुपमा सांगितिक र सांस्कृतिक कार्यक्रम हुनेछ । जस्को प्रवेश शुल्क लागी बिहान १० बजे देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क र साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँ सम्म लाग्ने आयोजकले जनाएको छ । एक्स्पो धरान १६ स्थित धरान रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा हुनेछ ।

Previous Post

२४ औ बुढासुब्बा गोल्डकप फागुन २६ गतेबाट, भारतको सहित ८ टिम सहभागी हुने

Next Post

लिम्बू जातीमा प्रशव पिडाले मृत्यु हुने महिलाको कथा’सुगुप’ धरानमा बिशेष शो हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist