धरान – ५ स्थित देउराली चिल्ड्रेन एकेडेमीका संस्थापक, व्य्वस्थापक निर्देशक पृथ्वी रैका मगरले आफुले ३० जना बिधार्थीहरुबाट सुरुवात गरेको देउराली चिल्ड्रेन एकेडेमीलाई हाल को अवस्था सम्म ल्याउनलाई आफुले निकै धेरै संघर्ष र उतार चढाव पार गरेको बताएका छन । एकेडेमीको अभिभावकको दिवसको अवसरमा बोल्दै मगरले बिधालय संचालन गर्न संचालन र निरन्तरता दिनको लागी निकै चुनौती र समस्याहरु सँग लडन परेको सुनाउदै , कुनै समय अलिक फरक नजरले हेर्ने देउरालीमा प्राइभेट स्कुल संचालन गरेर निरन्तरता दिन सहज नभएपनी हामी निरन्तर लागी परेर आजको अवस्थामा आउन सकेको बताए । अब को दिनहरुमा पनि निकै चुनौतीहरु रहेकोले सबै समस्याहरु झेल्दै नानीहरुको उज्ज्वल भबिस्यको लागी गुणस्तरीय शिक्षाको लागी निरन्तर लाग्ने बताए । सुरुवातका दिनहरुमा शिक्षक कर्मचारीलाई तलब खुवाउन समेत धौ धौ पर्ने गरेको स्मरण गर्दै डाईरेक्टर मगरले आजको दिनसम्म आउपुग्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मन प्रशाद लिम्बुले यो एकेडेमी सँग आफु सुरुवातका दिनहरु देखीनै कुनै कुनै माध्यमबाट जोडीदै आएको र नजिक बाट नियालीरहेकोले हाल सम्मको अवस्था सम्म आएको देख्दा निकै मेहनत र परिश्रम देखिएको बताए । वडाध्यक्ष लिम्बुले देउराली चिल्ड्रेन एकेडेमी ५ नम्बर वडाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुल भएको दावी गरे । लिम्बुले वडामा शिक्षाको बिकास गर्न आफ्नो ठाउबाट सक्दो प्रयास गर्ने प्रतिवद्दत्ता समेत गरे । अर्का अतिथी डिपि बिलिभर्स बोर्डिङ्का प्रिन्सिपल सन्जिप बान्तवाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको देउराली चिल्ड्रेन एकेडेमिको उज्ज्वल भबिष्यको कामना गरे । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, राईम्स, गीत प्रस्तुत गरि अभिभावकहरुलाई मनोरन्जन दिएका थिए ।स्कुलका प्रिन्स्पिल नवीन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरे।सोही अवसरमा बिद्यार्थीहरुले बिद्यालयको प्राङ्गणमा बिज्ञान प्रदर्सनी समेत गरेका थिए। बिद्यालयको पठनपाठन लगायत समग्र गतिबिधिमा योगदान पुर्याउने शिक्षक शिक्षिकालाई मायाको चिनो प्रदान गरिएको थियो।
सोही कार्यक्रममा एकेडेमीले धरान–५ स्थित देउरालीमा पहिलो पटक बस्ती बसाउने समाजसेवी राम कुमार राईलाई सम्मान गरेको छ। उनलाई २० हजार ५ सय ५५ रुपैया नगद सहित खदा र सम्मान(पत्रले सम्मान गरिएको हो । सम्मान पछि बोल्दै समाजसेवी राईले आफुलाई सम्मान गरेकोमा बिद्यालयलाई धन्यवाद दिए। बि।स।२०४७ साल मङ्सिर १० गतेबाट देउरालीमा आफुले ६० र७० घरबाट बस्ती बसाउन सुरुवात गरेको राईले बताए। कार्यक्रममा अतिथीको रुपमा देउराली खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जीवन लिम्बू, हिमाली मा.बि. का प्रधानाध्यापक यमकुमार खत्री, किरात राई यायोखाका केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, हिबिस्कस इङ्लिस बोर्डिङ्का डाईरेक्टर गङ्गाराम राई,एक्वा डाईनेस्टी सेकेन्डरी बोर्डिङ्का प्रीन्सिपल बिबेक राई, आवर होम इङ्लिस बोर्डिङ्का प्रिन्सिपल गम्भिरमान तामाङ, धरान इङ्लिस बोर्डिङ्का डाईरेक्टर नेत्र बहादुर जिमि, राफेल चर्चका पाष्टर चन्द्र सेवक साथै वडाका सम्पूर्ण टिएलओका अध्यक्षहरु , अभिबावकहरुको उपस्थित रहेको थियो ।