महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना हुँदा १० जना को मृत्यु भएको छ भने ३० जना घाइते भएका छन । १० जना को मृत्यु घटनास्थलमै भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको पहिचान भइसकेको छैन । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ ।