सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् । हिजो दिउसो २ बजे इटहरीबाट धरान तर्फ आउँदै गरेको ना १ ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाईकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटर साईकल चालक दर्जीको उपचारको लागी घोपा धरानमा पुर्याउन साथ मृत्यु भएको थियो भने स्कुटर चालक स्थान ८ बस्ने ४४ बर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ बर्षीय तेज नारायण सदा ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।