धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा ताला खोलिदिएकाछन । केही दिन अघी उनले ताला लगाउदै यो ताला कसैले नखोल्नु म आँफै खोल्छु भन्दै ताला लगाएकथिए । उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भन्ने अन्तरिम आदेशसमेत जारी भएपछि शुक्रबार दिउँसो ताला खोल्न भने उनले आफ्ना स्वकिय सचिव सुदर्शन लिम्बुलाई पठाएका थिए । लिम्बुले उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । जनताको समस्या भन्दा ठुलो अदालतको आदेश नहुने कुरा मा जोड दिने साम्पाङले अन्तत आदेश अनुसारनै ताला खोलिदिएका हुन । ताला खोल्नअघि प्रतिष्ठानमा आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको नेतृत्वले मेयर साम्पाङसँग उपमहानगरपालिकामा भेट गरेको थियो । उक्त भेटमा कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले कार्यकारिणी समिति (का.स.) को बैठक काठमाण्डौंमा बोलाएकोले उक्त बैठक धरानमै बस्ने वातावरण तयार गर्न पनि तालाबन्दी खोलिदिन आन्दोलनरत पक्षले आग्रह गरेको थियो ।