इटहरीमा रहेको किवानिस क्लब अफ इटहरीले भोजपुरको अरुण गाउपालिका १ याङपाङ भोजपुरमा रहेको श्री कोशी प्राथमिक बिधालयका करिव ३६ जना बिधार्थीहरुलाई लत्ता कपडा र शैक्षिक सामग्रीहरु बितरण गरेकोछ । क्लबका सम्पूर्ण सदस्यहरु इटहरीबाट भोजपुरको बिकट ठाउँमा रहेको कोशी प्राथमिक बिधालयमा पुगेर स्थानिय बिधालयका प्र अ, शिक्षक, अभिभावकहरु लगायतको उपस्थितीमा एक कार्यक्रम गरी सामग्रीहरु हस्तान्तरण गरिएको हो । बिधालयका नानीहरुलाई बिधालय पोशाक ट्र्याक शुट, घर बस्दा र स्कुल आउँदा लगाउने न्यानो कपडा जुत्ता, मोजा,टोपी र एक बर्षसम्म पुग्ने सम्पूर्ण शैक्षिक सामग्रीहरु प्रदान गरिएको क्लवकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन । लत्ता कपडा संगै बिधालयमा पठनपाठनको लागी चाहिने आवश्यक शैक्षिक सामग्रीहरु,खेलकुदका सामग्रीहरु गरेर जम्मा एक लाख बराबरको सामग्री हस्तान्तरण गरिएको अध्यक्ष तामाङले जानकारी दिएकिछिन ।
क्लबले सुरु गरेको सहयोग अभियानमा अनिल सुब्बा,किडस हाउस इटहरी,सुर्य राई बम,सुन्दर लावतीले बिशेष रुपमा आर्थिक सहयोग गर्नु भएको क्लबकी उपाध्यक्ष श्रद्दा क्षेत्रीले जानकारी दिइन । यो अभियानमा सहयोगी संस्थाको रुपमा इटहरी कै डाँफे एजुकेशन प्राइभेट लिमिटेड र इक्यान पुर्वान्चल रहेकोछ । भोजपुरको कार्यक्रममा संस्थाको तर्फबाट डाँफे एजुकेशन प्राइभेट लिमिटेड का प्रमुख साथै र इक्यान पुर्वान्चल का सचिव दुर्लभ कार्कीको उपस्थित रहेको थियो । कार्कीले निकट भबिस्यमा क्लबको सदस्यता लिएर क्लबलाई सहयोग गर्ने प्रतिवद्दत्ता व्यक्त्त गरेका छन । कार्यक्रममा स्थानिय बिधालयका प्र अ जिबन सरले सहयोगीहरुलाई धन्यवाद दिए । उनले अभावका रहेका बिधार्थीहरुलाई सहयोग गरेर ठुलो गुणगरेकोमा क्लबको प्रगतीको कामना गरे ।
क्लबले अब इटहरी बाहेक अन्य शहरहरुमा पनि क्लब स्थापना गर्ने योजन रहेको अध्यक्ष तामाङको भनाइ छ । क्लबले शैक्षिक मात्र नभएर अब आउदो दिनहरुमा आवश्यक्तामा परेकाहरुको लागी स्वास्थ्य शिविर पनि आयोजना गर्ने योजना रहेको अध्यक्ष तामाङले बताइन। क्लबमा हाल महिलाहरुको वाहुल्यता रहेको छ । क्लबमा अध्यक्ष मनिता तामाङ, उपाध्यक्ष श्रद्दा क्षेत्री, सदस्यहरु मेनुका थापा,सिर्जना राई ,रमा सिटौला र एकजना पुरुष दुर्लभ कार्की रहेकाछन ।