धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि ओपिडी सेवा ठप्प भएको छ । पछिल्लो एक हप्ता यता प्रतिष्ठान फेरि अस्तव्यस्त हुन थालेको छ । यसपटक चिकित्सकहरु कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीविरुद्ध आन्दोलित हुँदा बिरामी उपचार सेवा प्रभावित बनेको छ । बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले आईतवार बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छन् । उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसेका थिए । शिक्षक कर्मचारहिरुले आज बिहानसम्म कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए । तर, विदामा बसेका कार्की अनुपास्थित छन ।
शिक्षक कर्मचारीहरुले काम छोडेपछि प्रतिष्ठानको इर्मजेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरुबाहेकको सम्पुर्ण सेवा ठप्प बनाएका छन । आज बिहानैदेखी ओपिडी बिल काउन्टर बन्द थियो । काउन्टर बन्द हुँदा उपचार सेवाबाट नयाँ विरामीहरु बञ्चित भएर सास्ती खेपेकाछन । अहिले वार्डमा भर्ना भएका विरामीहरुको मात्र उपचार सेवा भैरहेको छ । साथै वार्डमा भर्ना भइसकेका पुर्वनिर्धारित अप्रेशनहरु मात्र सञ्चालन हुने बताइएकोछ ।