दाङको भालुवाङमा भएको बस दुर्घटनामापरी १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको प्रहरीले जनाएकोछ । नमस्ते नेपाल यातायात प्रालीको भे १ ख ३९१२ नम्बरको.बस पुलको बार तोडेर तल खस्दा बसमा सवार १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार बस अनियन्त्रित भएर पुलको बार तोडेर नदीमा खसेको थियो । अहिले चालकलाई नियन्त्रणमा राखेर घटना बारेमा थप बुझ्ने काम भइरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।