अर्ग्यानिक कृषि उत्पादनका अगुवा सोताङ अर्ग्यानिक फार्म धरान ४ का कृष्ण राई काठमाण्डौमा सम्मानित भएका छन । राई नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १६ औ साधारण सभामा ‘उत्कृष्ट युवा कृषक उद्दमी -२०८०’ बाट सम्मानित भएका हुन । राई कार्यक्रमका प्रमुख अतिथी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा समानित भएका हुन । राईलाई सभामुख घिमिरेले सम्मान पत्र र नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । राई संगै अन्य बिबिध बिधामा ८ जना सम्मानित भएका थिए । काठमण्डौ स्थित स्काइ दरवार ब्यान्केटस हल सिंहदरबारमा आयोजित कार्यक्रममा ७७ वटा जिल्लाभरीका कृषि संघ तथा कृषि सहकारीमा आवद्द सहकारी सदस्यहरुको उपस्थित रहेको थियो ।
साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्दमशिलता को बिकास नारा रहेको नेपाल कृषि सहकारीको केन्द्रिय संघ लिमिटेडमा हाल ७७ जिल्लाका ११६७ वटा कृषि सहकारी संस्थाहरु आवद्द रहेका छन । धरानको साना किसान कृषि सहकारी संस्था लिमिटेड पनि केन्द्रिय संघमा आवद्द रहेको छ । सम्मानित राई साना किसान कृषि सहकारी संस्था लिमिटेड धरानका शेयर सदस्य हुन । राईले २०५५ सालदेखी धरानमा पहिलो पटक अर्ग्यानिक कृषिखेतीको सुरुवात गरेका हुन । धरान ४ स्थित बसन्तटारमा रहेको आफ्नै करिव डेढ बिघा जमिनमा बिभिन्न जातका तरकारी खेती सुरु गरेर हाल बङगुर र गाइपालन गर्दै आएकाछन ।