Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अग्रज पत्रकार सुब्बा र विश्वकर्मा सम्मानित

धरानका अग्रज पत्रकार हर्ष सुब्बा अहिलेका सकृय पत्रकार खिलानाथ विश्वकर्मा सुनसरी उद्योग वाणिज्य संघले प्रदान गर्दै आएको पर्यटन र आर्थिक पत्रकारिता पुरस्कार बाट पुरस्कृत भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस २३ गते २०:५० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
अग्रज पत्रकार सुब्बा र विश्वकर्मा  सम्मानित
64
SHARES
Share on FacebookShare on Twitter

धरानका अग्रज पत्रकार हर्ष सुब्बा अहिलेका सकृय पत्रकार खिलानाथ विश्वकर्मा सुनसरी उद्योग वाणिज्य संघले प्रदान गर्दै आएको पर्यटन र आर्थिक पत्रकारिता पुरस्कार बाट पुरस्कृत भएका छन । सोमबार सुनसरी उधोग बाणिज्य संघको ४० औ वार्षिक साधारण सभाको अवसरमा संघले सुब्बा र विश्वकर्मालाई सम्मान गरेको हो । संघकै सभाहलमा सम्पन्न कार्यक्रममा कार्यक्रमका बिशेष अतिथी कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, बिजय राई, यसोदा कायस्थ, ममता तमाङ, संघका अध्यक्ष बिजय श्रेष्ठ लगायतको उपस्थितीमा सम्मान गरिएको हो ।

२०२९ सालबाट अहिले सम्म सकृय कान्तिपुर हुँदै हाल धरानबाट संचालन भएको कपुरी न्युजका सम्पादक सुब्बा र धरानबाट प्रकाशित ब्लास्ट टाइम्स दैनिकका सम्वादाता विश्वकर्मालाई जनही रु ११ हजार , सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो । बिगत लामो समय देखी धरानको आर्थिक र पर्यटन क्षेत्रमा कलम चलाऊदै आएका सुब्बा हाल सम्मपनी धरानको पर्यटन र आर्थिक क्षेत्रमा सकृय भएर लागेको योगदानको कदर गर्न पाउदा खुशी लागेको आयोजकले जनाएको छ । बिश्वकर्मा पछील्लो ५ बर्षदेखी ब्लास्ट टाइम्स दैनिकमा सकृय पत्रकारिता गरिरहेकाछन । विश्वकर्माले खोजपत्रकारिताको माध्यमद्वारा धरानको पर्यटन र आर्थिक बिकासमा लागिरहेका ले निरन्तरताको लागी प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । पत्रकारद्वय संगै दुइजना व्यवसायीहरु पनि सम्मानित भएका छन । सम्मानित हुनेहरुमा व्यवसायी सुनिल श्रेष्ठ र अनिल अग्रवाल छन ।

सुनसरी उधोग बाणिज्य संघले आफ्नो ४० औ वार्षिक साधारण सभामा एक बर्षको वार्षिक प्रतिवेदन पेश गरेकोछ । संघका महासचिव महेन्द्र प्रधानले गत बर्ष २०७९ पौष ३० गते देखी हाल २०८० पौष २२ गते सम्मको सम्पूर्ण गतिविधीहरु प्रस्तुत गरे । सुनसरी उधोग वाणिज्य संघले साथानिय उधोगी व्यवसायीहरुको हकहित एवम स्थानीय सामाजिक आर्थिक बिकासमा खेलेको भूमिका स्वरुप एक बर्षभरी २३ वटा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको महासचीव प्रधानले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संघले बधाई तथा शुभकामना, धरान एक्स्पो २०७९,स्वागत तथा अन्तर्कृया कार्यक्रम, पर्यटन सम्भावना र चुनौती बिषयक कार्यशाला गोस्ठी, नेपाल उधोग वाणिज्य महासंघको उम्मेदवारी सम्बन्धी छलफल, धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु विचमा भएको असमझदारी बिषयमा निकासका लागी छलफल अन्तर्कृया कार्यक्रम,स्वागत तथा भेटघाट , कर तथा राजश्व सम्बन्धी अन्तर्कृया कार्यक्रम,वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ऐन अन्तर्गत संचालन गर्न लगिएको बिषयमा बिरोध कार्यक्रम,रक्त्तदान कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम,अपाङ्गता भएका व्यक्तीहरुलाई रोजगारीको सम्भावना बिषयक अन्तर्कृया नेपाल चीन व्यापार तथा पारवहन सम्बन्धी कार्यक्रम, धरान बजारमा फुटपाथ उचित व्यवस्थापना सम्बन्धी छलफल, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको जग्गा प्राप्ती बिषयमा छलफल लगायत कार्यक्रमहरु आयोजना गरिएको थियो ।

कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेपाली काङग्रेस धरान नगर सभापती श्याम पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । उनले स्थानीय व्यवसायीहरुको कार्यक्रममा नगरको अभिभावक प्रमुख र उप प्रमुखको नै उपस्थित नहुनु आश्चार्य भएको बताए । पोखरेलले स्थानिय सरकारले , व्यवसायी को कुनैपनि वास्ता, सम्बोधन नगरेको आरोप लगाए । उनले धरानका मेयर साम्पाङलाई इङगित गर्दै, बिश्वमा संविधान संसोधन हुन्छ तर हाम्रो मेयरको बोली संसोधन नहुने बताए । अन्य छिमेकी नगरका प्रमुख उप प्रमुखहरुले व्यवसायीहरुको सम्बोधन गरिराको छन तर धरानको मेयरलाई कुनै वास्ता नभएको पोखरेलको भनाइ थियो । धरानमा बाहिर बाट व्यवसायीहरु आउन पनि डराउन थालेकाले स्थानीय सरकारले अभिभावकत्व लिन पर्नेमा जोड दिए । कार्यक्रमका बिशेष अतिथी कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले धरानको स्थानीय सरकारको गतिविधी देखेर आफु हरु चिन्तीत भएको बताए । उनले धरानमा काम भन्दा हल्ला ज्यादा भएको भन्दै पहाड त खनियो परिणाम मुसा भएको उदाहरण दिए । उनले पछील्लो समय सरकारले उधोग हरु को बिजुली काटेको प्रती, उधोगीहरु अन्यायमा परेको दावी गरे । आफुहरु सबै खाले व्यवसायीहरुको समस्या प्रती सधैं जानकार रहेको बताए । धरानको सबैभन्दा ठुलो समस्या खानेपानी भएकै कारण प्रदेश सरकारले धरानको खानेपानी समस्या समाधानको लागी प्राथमिकताको साथ बजेट छुट्याएको बताए ।

Previous Post

‘पूजार सार्की’को वर्कशप सुरु, माघ १० देखि फ्लोरमा जाने

Next Post

‘मनसरा’ को छायांकन सुरु, प्रदर्शन मिती बैशाख २१ गतेदेखी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist