विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखको कार्यालयमा गराएका हुन् ।मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत रहेका छन् ।