Sunday, June 22, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान उत्सव भव्य उदघाटन, राजनीतिक दलद्वारा अघोषित बहिस्कार

धरान स्थापनाको १२३ औ स्थापना दिवस भव्य रुपमा उदघाटन भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस २१ गते ०८:४७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान उत्सव भव्य उदघाटन, राजनीतिक दलद्वारा अघोषित बहिस्कार
72
SHARES
Share on FacebookShare on Twitter

धरान स्थापनाको १२३ औ स्थापना दिवस भव्य रुपमा उदघाटन भएकोछ । प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डलाई निम्ता दिएपनी व्यासतताको कारण आउन नसकेपछी स्थानिय धरान ९ कि १०३ बर्षीय चन्द्रमाया कटवालको प्रमुख आतिथ्यतामा उदघाटन समारोह सम्पन्न भएको थियो । तर कुनै सुचना र चर्चा नगरी कार्यक्रमको बिशेष अतिथीको रुपमा भने काठमण्डौ महानगरपालिका का मेयर बालेन शाह को शानदार रुपमा उपस्थिती रहेको थियो । यो धराने जनताको लागी सर्प्राइज थियो । कार्यक्रम चलिरहदा समेत आउँदैछन भनेर जानकारी दिएको थिइएन । कार्यक्रममा प्रदेश सांसद,पुर्व सांसद हरु, स्थानिय जनप्रतिनिधीहरु को उपस्थित भएपनी धरानका राजनीतिक दलहरु भने कार्यक्रममा उपस्थित थिएनन ।


कार्यक्रम उदघोषकले राजनीतिक दलहरु र नेताहरुको नाम पटक पटक उल्लेख गरे पनी उनिहरु मन्चमा देखिएनन । उनिहरुको उपस्थिती नदेख्दा राजनीतिक दलहरुले धरान उत्सब -२०८० को कार्यक्रमहरु अघोषित रुपमा बहिस्कार गरेको स्पस्ट देखिएको थियो । क्रियाशील ५ राजनीतिक दलका स्थानीय नेतृत्वहरू उपस्थित भएनन् । उपमहानगरपालिकाले दल र दलका स्थानीय नेताहरूलाई उपस्थितिका लागि निमन्त्रणा-पत्र पठाइएको दावी गरेपनी । नेपाली काँग्रेसका उपमहानगर सभापति श्याम पोखरेलले भने ‘मैले निमन्त्रणा पत्र नपाएकाले नगएको हुँ ।’ उनले पार्टीबाट निर्वाचित वडाध्यक्षहरू समारोहमा उपस्थित थिए । अन्य दलका स्थानीय नेतृत्वहरू पनि समारोहमा नगएको आफूले थाहा पाएको बताए । पूर्व मेयर, उपमेयरहरू पनि अनुपस्थित थिए ।

कार्यक्रमका बिशेष अतिथी बालेन शाहले शुभकामना मन्तव्यमा धरानबासी र मेयर हर्क राज राई (हर्क साम्पाङ) साम्पाङको कामको प्रशंसामा गरिरहे । उनले धरानको बारेमा वाल्यबस्था देखीनै जानकार रहेको भन्दै धरान काठमण्डौ भन्दा तीन कुरामा सधैं अगाडी रहेको बताए । उनले धरान फेशन, श्रम संस्कृति, घोपा क्याम्प र सफा बाटोघाटोमा काठमाण्डौ भन्दा अगाडी रहेको भन्दै चर्चा गरे ।उनले गीतसंगीतमा पनि धरान अग्रणी रहेको भन्दै वरिष्ठ गायक दिप श्रेष्ठ र सविन राईलाई सम्झिए । गायक दिप श्रेष्ठलाई सम्मान गरिएको थियो । उनले गायक श्रेष्ठलाई भेट्न पाउदा खुशी लागेको पनि बताए ।

उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, विद्यालय सांस्कृतिक झाँकी सहितको र्‍यालीमा सहभागी थिए । पब्लिक हाई स्कुलबाट निस्किएका झाँकी सहितको र्‍याली छाता चोक, टेलिकम हुँदै पुरानो बजार, भानुचोक पुतलीलाईन, सब्जिमण्डी हुँदै पुन: पब्लिक स्कुलमा पुगेर औपचारिक कार्यक्रम सुरु भएको थियो । र्‍यालीमा धरानका जातीय संस्थाहरूको सहभागिता थियो ।समारोहमा उत्कृष्ट कर बुझाउने करदाताहरू चेतन अग्रवाल, साबित्रा घले, चिरञ्जीवी अग्रवाल, दिनेश अग्रवाल, निशान्त श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठकालाई सम्मान गरियो । समारोहमा कोशी प्रदेशका सांसदद्वय रमेशकुमार बस्नेत, विजयकुमार राई, पोखरा महानगरपालिका मोतीलाल तिम्सिना लगायतले शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले धरान १२३ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बसाएको बस्तीको विकसित रूप भएको बताए । उनले पुर्व राजा पृथ्वी नारायण शाहको वाणी स्मरण गरे । उनले धरान ४ जात छतिस बर्णको फुलबारी जस्तो हो । हामी यहाँ मिलेर बसेपनी केही व्यक्तीहरुले हिलो छ्याप्न खोजेको आरोप लगाए । उनले आफुहरु निर्वाचित भएर आएदेखी नै धरानको आवश्यकता पहिचान गरी, दिनरात लागिरहेको बताए ।

कार्यक्रमका सभापती तथा मेयर हर्क राज राई (हर्क साम्पाङ) ले आफु खुशी भए यहिनै बिकास भएको दावी गरे । आत्मसन्तुस्टी मिल्न सक्ने काममा संलग्न भएर आफुलाई खुशी बनाउन दावी गरे । धरान बनाउन, हाम्रो सबै समस्या समाधान गर्न हामी लागि पर्न पर्ने आग्रह गरे । उनले धरान स्थित विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाई धरानकै मातहतमा दिए आफुहरुले सुधार गर्ने दावी गरे । उत्सवमा बिशेषगरी धरानलाई चिनाउने खाना, जातिय परिकार, यहाँको स्थानीय उत्पादन लगायत मुख्य आकर्षणका रहेकाछन । । यस बर्ष बिशेषगरी स्वास्थ्य क्षेत्रलाई ध्यान दिएर पाचै दिन स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा उपलब्ध रहेकोछ ।

उत्सवमा सरसफाइ अभियान, जातीय र्याली,सहकारी क्रियाकलाप,सम्मान कार्यक्रम साइकिलिङ,साहित्यिक,सम्मान कार्यक्रम,वाकाथुन,विद्यालय खेलकुद प्रतियोगिताहरु,लोकदोहोरी, श्रमदाता र्याली,झाँकि प्रदर्शनी कार्यक्रम, लगानी गोष्ठी सञ्‍चालन,रस्सी तान प्रतियोगिता,कदरपत्र तथा प्रशंसा कार्यक्रम हुने भएको छ । उत्सवमा प्रवेश निशुल्क रहेकोछ । हरेक साझ बिशेष सांगितिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना भैरहेको छन ।

 

Previous Post

धरान उत्सव – २०८० को प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक हुने

Next Post

२० बर्षपछी धरान फुटबल क्लबको अध्यक्षबाट किशोर राईको बिश्राम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist