झापाको गौरादह नगरपालिका -१ मा केन्द्रिय कार्यालय रहेको ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवस आईतबार सम्पन्न भएको छ । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्बेसा बजारमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोख्रेलले ताजपुरिया जातिको बिकासका लागि झापा र मोरङको कुनै ठाउलाई संरक्षित क्षेत्र घोषणा गरि पाउ भनेर संसदमा दर्ता गराउने आश्वासन दिनुभयो । अल्पसंख्यक समुदायभित्र पर्ने ताजपुरिया जातीको कला, संस्कृति, भेषभुषालाई संरक्षण गर्नुपर्ने सम्बिधानमै उल्लेख भएको बताउँदै पोख्रेलले ताजपुरिया जातिको विकास तथा संस्कृति जर्गेना गर्नका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । आधार र तथ्य सहितको डकुमेन्ट समेटेर प्रस्ताब ल्याउन प्रमुख अतिथी पोख्रेलले ताजपुरिया समुदायलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सुनबर्षि नगरपालिकाका मेयर श्याम राजबन्सिले सन्ततिहरुलाई धन सम्पती जुटाईदियो भने छिट्टै सकिने बताउदै भाषा,सन्स्कार, संस्कृति सिकायो भने दीर्घाकाल सम्म रहने बताउनु भयो।परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले ताजपुरिया जातिको संस्कृति जोगाउन यस स्थापना दिवसले थप टेवा पुर्याएको बताउनुभयो । ताजपुरिया जातिको कला,भाषा सन्स्कार,सन्स्कृती, भेष-भुषाको सम्रक्षणमा लाग्नुपर्नेमा उहाले जोड दिनुभयो।कार्यक्रममा झापा र मोरङ्गबाट प्रतिनिधित्व गरेका टोलीहरुले नटुवा, हुदुरधुरा, ढोलसोनालगायत सांस्कृतिक नृत्य प्रस्तृत गरेका थिए । कार्यक्रममा आजिवन सदस्यहरुलाई सम्मान-पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सन्स्था, स्थानीय तहका जनप्रतिनिधीहरुको उपस्थिति थियो ।