Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सङ्घीय सरकारसँग सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर १२ गते १५:५८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
सङ्घीय सरकारसँग सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की
41
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीयतहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्रीकार्कीले यस्तो बताउनु भएको हो । संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्नेहो भन्ने कोराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनिगर्दछ ।’मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताउनुभयो । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्यगर्दै छौँ, प्रदेशले कतिसम्मकाकार्यक्रम गर्ने, संघले कति र स्थानीयतहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ । उहाँले भन्नुभयो, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

सङ्घीय मामिलातथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गर्नुभएको थियो । संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिजर्ना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गर्नुभयो । प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको बताउनु भयो । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सङ्घीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालितअसलअभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ ।

Previous Post

‘दुई कदम’को तेस्रो गीत डान्सिङ नम्बरमा बर्षाको बबाल डान्स

Next Post

हिन्दी चलचित्र ‘ऐरी’ मा प्रदीप खडका (मोशन पोस्टर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist