यही मङसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र नेकपा एमालेका नेता महेस बस्नेतले नेतृत्व गरेको युवा संघले गर्ने भएको शक्ती ‘प्रदर्शन’ काठमण्डौको माइतीघर मण्डलामा गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्णय गरेकोछ । यस अघी दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।