गएराति मोरङको उर्लाबारी स्थित एक सुनपसलमा आगलागी हुँदा चार जना प्रहरी सहित २८ जना घाइते भएकाछन । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए । स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन् ।