तिहारको मुखैमा अर्को सवारी दुर्घटना भएकोछ । दुर्घटना पूर्वी नवलपरासीमा भएको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मृतक तीन जना महिला र तीन जना पुरूष छन्। एक जना गम्भीर घाइतेको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।आइतबार बिहान साढे ११ बजे बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए। ७ जना सवार उक्त गाडीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी बेद पौडेलले बताए । देवचुली नगरपालिका-९ स्थित एस-मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको डिएसपी पौडेलले बताए। ‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको डिएसपी पौडेलले जानकारी दिए।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।