तिहारको मुखैमा अर्को सवारी दुर्घटना भएकोछ । दुर्घटना पूर्वी नवलपरासीमा भएको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मृतक तीन जना महिला र तीन जना पुरूष छन्। एक जना गम्भीर घाइतेको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।आइतबार बिहान साढे ११ बजे बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए। ७ जना सवार उक्त गाडीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी बेद पौडेलले बताए । देवचुली नगरपालिका-९ स्थित एस-मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको डिएसपी पौडेलले बताए। ‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको डिएसपी पौडेलले जानकारी दिए।