कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । बिना ईजाजत नियन्त्रित औषधी ओसार पसार मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|११|१५ गतेको सजाय निर्धारण फैसला आदेशले २८ दिन कैद र ५ हजार रुपैया जरिवान भई फरार रहेका सुनसरी धरान उप-महानगरपालिका- १४ का २४ बर्षीय पारुहाङ राईलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा शनिबार दिउँसो फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।