हरेक बर्षको तिहारमा भारतीय सयपत्री फुलको माला आयात गर्दै आएकोमा यस बर्ष भने नल्याइने भएको छ । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ ।केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुन्छन् ।यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ ।