झापाको दमक नगरपालिका- ३ बेलडागी स्थितबाट लागुऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका-५ का २२ बर्षीय प्रदिप लिम्वु र ३१ बर्षीय राजु दर्नाललाई ३ ग्राम लागुऔषध खैरो हेरोईन सहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।