धरान ५ स्थित आपटार र ठिङ्गाबारी विचको अधेरी खोलामा सुनसरी जिल्लाकै सबै भन्दा लामो २३३ मिटर लामो झोलुङगे पुल निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको झोलुङगे पुलको बिधिवत उडघाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई , धरानका मेयर हर्क राज राई (हर्क साम्पाङ),उप मेयर अइन्द्रबिक्रम बेघा र वडा नम्बर ५ का वडा अध्यक्ष मन प्रशाद लिम्बुले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । पुल निर्माणमा कुल १ करोड ८ लाख ४२ हजार ९१५ रुपैया लागत लागेको वडा अध्यक्ष मन प्रशाद लिम्बुले जानकारी दिए । उनका अनुसार पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अथवा ५०३ जना मानिसहरुको रहेको छ ।
यसैगरी आज नै धरान -५ ठिङगाबारीमा संचालनमा आएको टिकटक रिसोर्ट पनि उद्घाटन गरिएको छ । रिसोर्टको उदघाटनपनी पुल उदघाटन गर्ने अतिथीहरुले नै गरेका हुन । साढे ११ कट्ठामा ३ करोड बढी लगानीमा निर्माण भएको रिसोर्टमा हाल काठको रोटेपिङ्ग, केटाकेटीको लागि चिप्लेटी, फोटो खिच्नको लागि सर्पको प्रतिमा पनि राखिएको सञ्चालक मध्येका यम लिम्बुले जानकारी दिए । रिसोर्ट यम लिम्बु, यम हुक्सा चोङवाङ, सोमा राई र मैना राईको संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन । निकट भविस्यमै वडा नम्बर ५ को पर्यटकिय गन्तव्य बनाउन आफुहरु लागी परेको संचालक समितीले जनाएको छ ।