कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी चाड पर्व बिशेष सुरक्षा योजना अन्तरगत आजबाट झापाको काकरभिट्टा स्थित सिमा नाकामा तालिम प्राप्त २ वटा कुकुर सहितको प्रहरी टोलीले चेकजाँच सुरु गरिएको छ । सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिएको हो ।असोज १९ गतेबाट बिराटनगरको रानीमा २ वटा कुकुर सहितको प्रहरी टोलीले दैनिक रुपमा कडाइका साथ चेकजाँच गरिदै आएको छ । जस अन्तरगत आज रानीमा १५१ वटा सवारी साधन, ४४५ जना मानिसलाई चेकजाँच गरिएको थियो भने काँकरभिट्टामा १५१ वटा सवारी साधन चेकजाँज र १५ जना लागुऔषध प्रयोगकर्ताहरुलाई परामर्स प्रदान गरिएको थियो ।