झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर नगरपालिका-६ का २० वर्षीय सुजन बिश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ । यसैगरी सोमबार साँझ सवा ५ बजे ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपालिका-११ दुधे स्थित बस काउन्टरबाट प्र१- ०१-०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगर र स्कुटर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरका २९ वर्षिय साजन राई र ३५ वर्षिय सुन्दर लावती रहेका छन । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइ रहेको छ ।