सुनसरीको रामधुनी नगरपालिका-७ स्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा -कान्छी चोक सडक खण्डमा को. २१ प ५८१० नम्बरको स्कुटर र प्रदेश १-०२-०४० प ३०३१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा धरान उप-महानगरपालिका-११ का ४८ बर्षिय ज्ञान प्रकास राई, उनकै श्रीमती ४१ बर्षिया दुर्गा कुमारी राई र सुनसरी बराहक्षेत्र नगरपालिका-२ का ४२ बर्षिय प्रताप मगर घाइते भएका थिए । घाइते भएकी दुर्गा कुमारी राईको उपचारको क्रममा बिराट टिचिङ् अस्पतालमा मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।