झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार का २४ वर्षिय उत्सब चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको हो । यसैगरी मेचिनगर नगरपालिका-९ झोडाका २० वर्षिय निर्दोस डाँगी र २७ वर्षिय साजन राजवंशीलाई समेत १ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित नियन्त्रणमा लिएका तीनैजनाको आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएकोछ ।