मङगलवार धरानमा भएको ग्याङ फाइट को घटनालाई लिएर ईलाका प्रहरी कार्यालय धरानमा ३ वटा उजुरी परेको छ । उजुरी दिनेहारुमा घटनामा गम्भीर घाइते भएका धरान १५ सुर्य मार्गका सन्देश राईकी आमा विमा राई , सामान्य घाइते बिष्णु बेघाको दाजु बुद्धिमान बेघा र बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले पनि कार्यालय तोडफोड भएको घटनामा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको छ । घटनामा गम्भीर घाइते भएका धरान १५ सुर्य मार्गका सन्देश राईकी आमा विमा राईले २५ बर्षीय विष्णु बेघासहित ५ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । उनीसहित खोरिया बस्तीका २१ बर्षीय मेनल तामाङ, २५ बर्षीय सुरज तामाङ, २३ बर्षीय प्रशान लिम्बु र २१ बर्षीय सन्दिप राईविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी हुन् ।अपराधिक उपद्रव जाहेरी दिएका बुद्दीमान बेघाले घटनामा गम्भीर घाइते भएका धरान १५ सुर्य मार्गका सन्देश राईसहित ११ जना युवाहरुविरुद्ध किटानी जाहेरी दिएका छन ।
यसै गरी बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले पनि कार्यालय तोडफोड भएको घटनामा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको छ । खोरिया बस्ती र सुर्य मार्गका युवाहरुबीच मंगलबारको घटना पछि राती सुर्य मार्गका युवाहरु वन समुहको कार्यालयको ताला फोडेर लुकेका थिए । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । जाहेरी पछि पक्राउ परेका ८ जना मध्ये ६ जनालाई म्याद थप गर्नृ लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।