सुनसरीको धरान उपमहानगरपालिका वडा नमबर –१५ स्थित के के इन्टरनेसनल स्कुल सञ्चालक समितिका अध्यक्ष प्रवीण अग्रवाल पक्राउ परेकाछन । अग्रवाल उनकै बिधालय के के इन्टरनेसनल स्कुलमा अध्ययनरत एक १२ वर्षीय बालिकामाथी यौन दुर्व्यवहार गरेको कारण पक्राउ परेका हुन । पीडित पक्षले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछी अग्रवाल ईलाका प्रहरी कार्यालय लगेर सोधपुछ गरिएको डिएसपी नवराज मल्लले जानकारी दिए । अग्रवालका बिरुद्द निवेदन परेकाले ल्याएर सोधपुछ भइरहेको बताए । नानीले आफूलाई फलानो मान्छेले यौन दुर्व्यवहाँर गर्यो, भनेर सुनाउदा आफुलाई विश्वास नै लागेन तर पछी सबै सत्यतथ्य थाहा पाएपछी मङ्गलबार साँझ पाँच बजेतिर प्रहरीमा उजुरी दिएको पीडितकी आमाले बताइन ।