कुनै समय झैझडामात्र हुने ठाउँ भनेर चिनिने धरान – ५ देउरालीमा यतिबेला शान्त छ । साविक पाचकन्या गाविस वडा नम्बर ५ धरान उपमहानगरपालिकामा गाभिन अगाडी लागु औषध प्रयोगकर्ता हरु धेरै भएको र झगडा गर्ने ठाउँ भनेर चिनिएको ठाउँ उपमहानगरपालिका भएपछी अस्थायी प्रहरी पोस्ट पनि बस्यो । प्रहरी पोस्ट आएपछी केही राहत महसुस भएपनी खासै परिवर्तन नआएको स्थानिय समाजसेवी धन कुमार राई बताउछन । धरान – ५ देउराली बाहिरबाट हेरेजस्तो खतरनाक र असुरक्षित कहिले थिएन तर पनी अन्य वडामा भन्दा केही अशान्ती भने भएको राई बताउछन । २०७४ सालमा स्थानिय सरकार आएपछी , स्थानिय स्तरबाटै टोल टोल को बिकासमा स्थानियनै खटाउने उद्देश्यले हरेक वडाहरुमा टोल बिकास संस्था गठन भयो । तर २०७४ को टोल बिकास संस्था को थिए के गरे केही थाहा नभएको स्थानियहरु बताउछन । २०७९ को स्थानिय चुनावबाट आएका जनप्रतिनिधीहरु सकृय रुपमा लागेका छन अनी टोल बिकास समितीहरु पनि उत्तिकै रुपमा टोल बिकासमा खटिएका छन ।

धरानमा ५ मा सामुदायिक टोल बिकास संस्था , नमुना टोल बिकास संस्था, समान्त टोल बिकास संस्था,त्रिबेणी टोल विकास संस्था, लालीगुरास टोल बिकास संस्था,फोक्ल्याण्ड टापु टोल बिकास संस्था,सिर्जना टोल बिकास संस्था,खैरेनी टोल बिकास संस्था,चेतना टोल बिकास संस्था,गोदावरी टोल बिकास संस्था, सगरमाथा टोल बिकास संस्था,आपटार टोल बिकास संस्था,पञ्चमुखी टोल बिकास संस्था,निशानडाडा टोल बिकास संस्था,ठिङ्गाबारी टोल बिकास संस्था, साउनेटार टोल बिकास संस्था र झोरापाटा टोल बिकास संस्थाहरु रहेकाछन । यि मध्ये सामुदायिक टोल बिकास संस्था तल्लो देउरालीले तीन वटा टोल सुन्दर बस्ती , बरपिपल चौक र मुख्य चौक नमस्ते एरियामा गरेर ३ वटा वाकी टकी बोक्ने गरेको छ । सामुदायिक टोल बिकासमा धेरै ठुलो बस्ती भएकोले तीन वटा वाकी टकी बोक्न परेको अध्यक्ष कविचन्द्र याख्खा बताउछन ।
यसरी गरी कुल बहादुर तिलिङ अध्यक्ष रहेको नमुना टोल बिकास संस्था तल्लो देउरालीले एउटा वाकी टकी सेट बोकेकोछ , पवित्र विश्वकर्माको अध्यक्षतामा रहेको समान्त टोल बिकास संस्था पनि ठुलो छ यहाँ तीन वटा लाइन अनिता लाइन, पेरेम लाइन र पहिचान मार्ग छ । यहाँ ४ वटा सेट बोक्ने गरेका छन , तीन लाइन भएकोले पालैपालो गस्ती गर्ने गरेको अध्यक्ष पवित्र बताउछिन । यसैगरी त्रिबेणी टोल विकास संस्था किसान चोकले एउटा सेट, लालीगुरास टोल बिकास संस्था एक वटा भने खैरेनी टोल बिकास संस्थाले ३ वटा ओकेटोके सेट बोक्ने गरेकोछ ।वाकी टकी बोकेर राती गस्ती गर्ने टोलिले आस्थाइ प्रहरी पोस्ट देउराली सँग संपर्कमा रहन्छन । प्रहरीलाई टिएलओ हरु मिलेर दुईओटा सेट उपलब्ध गराइएको र गस्ती गर्ने क्रममा संकास्पद मान्छे, भेटिए र प्रहरीनै चाहिने अवस्थामा प्रहरीलाई बोलाएर केस जिम्मा लगाउने गरिएको ३ ओटै टिएलओ को गस्ती नेतृत्व गरिरहेका कबिचन्द्र बताउछन । सबै सेटको आ आफ्नै कोड राखिएको छ , गस्ती गर्ने क्रममा कहाँ कहाँ पुगिन्छ के के भईरको छ भन्ने कुरा वाकी टकी मार्फत एक अर्कालाई अप्डेट गराउने र अप्ठेरो परेकोमा सबै एकैठाउ हुने गरेको याख्खा बताउछन ।
टिएलओको गस्ती सुरु गरिसके पछी अहिले देउराली को तल्लो भेग समान्ता ,नमुना र सामुदायिक टोल बिकाश सस्था 3 वटा TLO मिलेर बेलुका ९ बजे देखि 10 देखि ११ बजे सम्म गर्दै छौ गस्ती गरे देखि याहा धेरै नै परिबर्तन आएको छ लागू औषध दुर्व्यशनी हरु खुलेआम समाज मा हिड्थे होह्ल्ला झै झगडा हुने गर्थे अहिले त्यो नियन्त्रण मा आएको छ।अझै पनि केही त्यस्ता अराजक गतिबिधी गर्ने केही समूह छन उनिहरुलाई अस्थाई प्रहरी चौकी देउराली को समन्वय मा हामी ले सम्झाउने र फेरि यहि कार्य दोहोरिएमा कानुन बमोजिम कार्बाही को लागि अगाडि जाने भन्ने कुरा भएको याख्खाको दावी छ । नमुना टिएलओले त झन हरेक घरबाट गस्ती हिंड्ने प्रत्येक व्यत्तीको परिचय पत्र बनाएर दैनिक हाजिर गरिरहेकोछ । यसरी अनिवार्य रुपमा गस्ती हिडाउनको लागी हाजिरी र परिचय पत्रको व्यवस्था गरिएको अध्यक्ष कुल बहादुर कुलुङ बताउछन । गस्तीकै क्रममा त्रिवेणी टोल बिकास संस्थाले सोमबार राती दुइजना महिलाहरुलाई घरेलु हतियार,र लागु औषध गाजा सहित धरान १९ घर बताउने र धनकुटा घर बताउने दुईजनायुवतीहरु लाई रंगे हात पक्राउ गरी अस्थायी प्रहरी चौकी देउराली मा बुझाएको छ । अब चाडबाडको समय नजिकिदै गर्दा चोरी डकैतीका घटना बढ्ने भएकोले अब झन सकृय रुपमा गस्ती गर्ने सबै टोल बिकास संस्थाका अध्यक्षहरु बताउछन ।


रात्रीकालिन गस्तीमा मात्र हैन धरान – ५ टोल बिकास संस्थाहरु पछील्लो समय स्थानिय बिकासमा पनि उतिकै सकृय रुपमा लागिरहेका छन । हरेक महिनाको पहिलो शनिवार आफ्नो टोल चौक सरसफाइ गर्दै आइरहेको समान्त टोल बिकास संस्थाले भैपरी आउने समस्याहरुको लागी भनेर आर्थिक कोष स्थापना गरेको छ । यहाँबाट यस टिएलओमा रहने घर प्रत्येक रु ५० रुपैया संकलन गरिदै आएको समन्ता टोल बिकासका सचिव प्रशान्त राई बताउछन । खैरेनी टोल बिकास संस्था सामाजिक काममा सकृय छ । खानेपानीको मुहान सरसफाइ देखी ड्रेन निर्माणमा श्रमदानमा खटिरहेका छन । संस्थाले शितल गाउ, त्रिवेणी चोक, कर्मचोक खाने पानी मुहान मर्मत सम्भार सम्पन्न गरेकोछ । यो संस्थाले रात्रीकालिन गस्ती गर्न थालेदेखि अधेरी खोला आसपासमा खोला दोहन देखी लागु औषध दुर्व्यशनीहरु भेलाहुन छाडेका छन ।
गस्तीकै क्रममा त्रिवेणी टोल बिकास संस्था द्वारा पक्राउ परेका युवतीहरु
टोल बिकासले गरेको रात्रीकालिन गस्तीमा धरान – ५ का वडा अध्यक्ष मन प्रशाद लिम्बु खुशी छन । गस्ती हिंड्न् थालेपछी गाउघर मा हुने हो हल्ला, अपरिचित व्यक्तीहरुको प्रवेश , खोला दोहन जस्ता कुरा हरुमा न्युनिकरण हुने खोजिरहेको अध्यक्षको दावी छ । सबैभन्दा उपलब्धी पहिले धरान – ५ देउरालीलाई हेर्ने नजर अब चाडै परिवर्तन हुने अपेक्षा छ रहेको लिम्बुको भनाइ छ । धरान भरीका २० ओटै वडाहरु मध्ये ५ नम्बर वडाका TLO हरुले उदाहरणीय काम गरिरहेको र अब बाकी रहेका TLO हरुलाई पनि चाडै यसरीनै सकृय हुन आग्रह गर्ने लिम्बुको भनाइ छ । डेङ्गु नियन्त्रण देखी प्राकृतिक बिपद, जन श्रमदान, शान्ती सुरक्षा लगायतमा यस वडाका TLO हरुले महत्वपूर्ण भूमिका खेलिरहेको र अगामी दिनहरुमा वडाले गर्ने हरेक बिकासका योजनाहरुमा सहकार्य कायम रहनेमा आफु बिस्वस्त रहेको लिम्बुले बताए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।