धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको परीक्षा शाखामा तालाबन्दी गरिएको छ । तालाबन्दी रोकिएको बढुवा प्रक्रिया र तलव बृद्धि कार्यान्वयनको माग गर्दै आन्दोलनरत शिक्षक र कर्मचारीले लगाएका हुन । केही दिनदेखी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीको आन्दोलन जारी रहेको छ । आन्दोलनरत शिक्षक र कर्मचारीले प्रतिष्ठानको परीक्षा शाखा कार्यालयमा ताला लगाइएदिएपछि परीक्षा नै प्रभावित भएर स्थगित भएको छ ।आज परीक्षा शाखामा तालावन्दी गर्न बाध्य भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा. सरोज अहमद खानले बताए । हिजो प्रतिष्ठानका उपकुलपतिसँग गरिएको वार्तामा कुनै सकारात्मक कुरा आउन नसेकपछि दबाव स्वरुप आज परीक्षा शााखामा तालाबन्दी गर्न बाध्य भएको डा खानको भनाइ छ । उपकुलपतिले हाम्रो मागलाई वेवास्ता गरिएपछि तालाबन्दी गरिएको हो, माग पुरा नभए सम्म परीक्षा लगायतका कार्यक्रम बहिष्कार गरिएको डा खानले बताए ।